Alpha Travel

खुमनले फेरि गाए– स्याङ्जालीलाई नभन जाली...



शहर आधुनिक तर मन मौलिक! यस्तै देखियो आँधीखोला चौथो साँझमा। नेपालमा आफ्ना गीत मार्फत धुम मच्चाइरहेका चर्चित लोकदोहोरी गायक खुमन अधिकारीले आफ्ना गीत मार्फत हङकङको युङलोङ थियटर हल जुरुक्क उचाले।

स्याङ्जालीलाई नभन जाली... जस्ता गीतमार्फत हङकङका दर्शकलाई भरपुर मनोरन्जन दिए। खचाखच भरिएको हलमा खुमनको लोकदोहोरी भाकासँगै आधुनिक शहरका नेपाली दर्शकहरु छमछमी नाचेका थिए।

लोकदोहोरी गीतमा पृथक पहिचान बनाएका स्याङ्जाका खुमनका ‘सिन्की साँधेर’, ‘सिलाई दिउँला भोटो’, ‘लग्यो पराईले’, ‘रुमाल चिनो’ गीतहरु बजारमा चर्चित छन्।

स्याङ्जा जनसेवा समिति हङकङले आयोजना गरेको चौथौ आँधिखोला साँझमा खुमनसँगै चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली), दिपक आचार्य, सागरसंसार राई, लोकगायिका टीना थापा, नृत्यगांना आरती गुरुङ लगायतले प्रस्तुति दिएका थिए।

प्रकाशित २४ पुस २०७३, आइतबार | 2017-01-08 15:45:59

प्रतिकृया दिनुहोस

Alpha Travel

Blog

  • मेरो राष्ट्रियता


    नेपालखबर हङकङले हरेक शनिबार साहित्यक रचनालाई स्थान दिन थालेको छ। कथा, निबन्ध, यात्रा संस्मरणसहित आफ्ना रचना हामीलाई पठाउन अनुरोध गर्छौँ। यो शनिबार पढ्नोस् मगेन्द्र राईको कविताः

  • तुहिएको सपना

  • नानुको मलामी म !

NepalKhabar Tweets