Galaxy Network

हङकङमा नेपाली र भारतीय महिलाको नक्कली विवाह गराउने बिचौलियालाई जेल



नक्कली विवाह गरी अध्यागमनलाई ढाँटेर डिपेन्डेन्ट भिषा लिन खोज्ने जोडीहरू
नक्कली विवाह गरी अध्यागमनलाई ढाँटेर डिपेन्डेन्ट भिषा लिन खोज्ने जोडीहरू
एससीएमपी

घरेलु कामदारका रुपमा हङकङ छिरेका नेपाली र भारतीय महिलालाई फर्जी विवाह गराई हङकङमा बसोबास गर्न ‘डिपेन्डेन्ट भिषा’ मिलाइदिने एक बिचौलिया महिलालाई अदालतले जेल पठाएको छ। उनी फेब्रुअरी २८ मा जेल जाँदैछिन।

Disneyland
Alpha Travel

सुरक्षा गार्ड काम गर्ने चान ओइ फान नाम गरेकी ५५ वर्षीय स्थानीय चिनियाँ महिला चार प्रकृतिका कसुरमा दोषी सावित भएकी हुन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार चानसँगै फर्जी विवाह गरेर हङकङको ‘डिपेन्डेन्ट भिषा’ लिने प्रयास गरेको आरोपमा १५ जनालाई १०–१८ महिना सम्मको जेल सजाय तोकिएको छ।

पक्राउ परेका ३७ मध्ये ८ भारतीय, ५ नेपाली र दुई मुख्यभूमी चीनका महिला थिए। उनीहरूले बिचौलिया महिलालाई ४० हजारदेखि एक लाख ५० हजार हङकङ डलर बुझाएको बताएका छन्।

हङकङ अध्यागमन विभागका एक जना वरिष्ठ अधिकारीले ‘यो घटना असामान्य र पृथक’ भएको बताएका छन्। विभागका सहायक निर्देशक विलियम फुङ पाक हो का अनुसार सन् २०१५–१७ बिच २० वटा फर्जी विवाह गराएर बिचौलियाले २० लाख हङकङ डलर कमाएका थिए।

त्यस्ता बिचौलियाले हङकङका पुरुषहरुलाई ६० हजार डलरसम्म दिने प्रस्ताव गर्छन्, जुन रकम उनीहरुले सबै कागजातमा हस्ताक्षर गरेपछि मात्र पाउने गरेको अध्यागमनको अनुसन्धानबाट खुलेको छ।

अध्यागमन अधिकारीहरुका अनुसार २०१७ यता किर्ते विवाह गर्ने २९–६५ वर्ष उमेरका १७ पुरुष र २० महिला फेला परेका छन्। उनीहरुले विवाह गरेको प्रमाण देखाउन गेस्ट हाउस गएर अनेकौं पोजका तस्बिर लिएको पनि खुल्न आएको छ। अध्यागमनका एक अधिकारीले भनेका छन्, ‘उनीहरुका कतिपय नक्कली तानाबाना अन्तर्वार्ताको क्रममा छताछुल्ल हुन्छन्।’

जातीय अल्पसंख्यक समुदायको अधिकारको पक्षमा बोल्ने बिधायक विन्सेन्ट चेङ विंग–शानले सरकारी विभाग र महावाणिज्य दूतावासहरुले घरेलु कामदारलाई यथेष्ट ज्ञान नदिएका कारण यस्ता घटनामा बल पुगेको बताए।

‘हङकङमा अधिक जातीय अल्पसंख्यक समुदायका मानिस र घरेलु कामदार छन्, मलाई चिन्ता छ कि उनीहरु अपराधको शिकार हुन सक्छन्’, उनी भन्छन्, ‘श्रम विभाग र आप्रवासन विभागको काम कानून लागू गर्ने मात्र हैन, उनीहरूले आप्रवासी श्रमिकहरुको राम्रो हेरविचार पनि गर्नुपर्छ।’

अध्यागमन विभागले अहिले त्यस्ता किसिममा दुई हजार सात सय २२ शङ्कास्पद मुद्दा विचाराधिन रहेको जनाएको छ। सन् २०१३–१७ सम्म पाँच हजार दुई सय ८ जना पक्राउ परि छ सय ६ जना दोषी ठहर भएका थिए। गत बर्ष यस्ता मुद्दामा ६७ जना दोषी सावित भै १२–४२ महिना सम्मको जेल सजाय पाएका थिए।

हङकङमा यस्ता किर्ते विवाहको प्रपन्च गरि झुटो कागजात पेस गर्ने, झुटो सपथ लिने, झुटो गवाही दिने जस्ता कुरामा दोषी ठहर भएमा १४ बर्ष सम्मको जेल सजाय हुन सक्छ।

प्रकाशित २६ माघ २०७५, शनिबार | 2019-02-09 18:32:53

नेपालखबरबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Disneyland
Alpha Travel

Blog

NepalKhabar Tweets