Galaxy Network

हङकङमा खाली खुट्टा दौडिइन सिर्जना, ३२ सेकेण्डले नेपालखबर चौथो (१७ तस्बिर)



हङकङमा शनिबार भएको क्युनेट गोर्खा ट्रैलब्लेजर हाइक एन्ड रनको शुभारम्भ
हङकङमा शनिबार भएको क्युनेट गोर्खा ट्रैलब्लेजर हाइक एन्ड रनको शुभारम्भ
डिके श्रेष्ठ

हङकङमा शनिबार आयोजना गरिएको १२ र २६ किलोमिटर क्युनेट गोर्खा ट्रैलब्लेजर हाइक एन्ड रनमा मिश्रित परिणाम आएको छ। दौडमा नेपालीले पनि उल्लेख्य सफलता हासिल गरेका छन्।

Alpha Travel

गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङ र चाइल्ड वेलफेयर स्किमको संयुक्त आयोजनामा हङकङको ताइ पो ताउस्थित लाउ शुइ हेउङमा सप्पन्न भएको क्युनेट गोर्खा ट्रैलब्लेजर हाइक एन्ड रन सफलता साथ सम्पन्न भएको हो। हङकङमा यस्तो प्रतियोगिता दोस्रो पटक आयोजना गरिएको हो।

दौडमा २६ किलोमिटर तर्फ हङकङका वात किङ लोङ २ः४७ः५६ मा निर्धारित दुरी पार गरि प्रथम भएका छन्। यसमा मेक्सिकोका होसेलुइस एल्भेलाइसले २ः५२ः२९ मा निर्धारित दुरी पार गरि दोस्रो र अमेरिकी रोबिन फालले २ः५३ः२६ मा छिचोली तेस्रो भएका छन्।

दौडमा नेपालबाट आएकी सिर्जना राई ४ः०७ः२४ निर्धारित दुरी पार गरि महिला तर्फ छैठौं र उमेर समूहमा प्रथम भएकी छन्। नेपालमा प्रशिक्षणको क्रममा खुट्टामा समस्या आएकी सिर्जना केही समय खाली खुट्टा नै दौडेकी थिइन।

त्यसैगरी हङकङ निवासी यामनाथ लिम्बु ३ः२१ः३७ निर्धारित दुरी पार गरि सातौं तथा उमेर समूहमा प्रथम भएका छन्।

१२ किलोमिटर दौड तर्फ भने नेपालीको वर्चश्व रह्यो। यसमा बेलायतका रायन व्हेल निर्धारित दुरि ०१ः०१ः४८ मा पार गरि प्रथम भएका छन्। सुजन लिम्बूले १ः११ः४८ निर्धारित दुरी पार गरि दोस्रो तथा निङ्लेखु कुमार १ः१३:३८ मा पार गरि तेस्रो भएका छन्। 

नेपालखबर हङकङका सन्तोष तामाङ १ः१४:१० मा निर्धारित दुरी पार गरि चौथो भएका छन्। ३२ सेकेन्डले मात्र उनी तेस्रो हुनबाट बन्चित रहे।

टिम नेपालखबरबाट सहभागी भएका ६ जनामध्ये हङकङ समाचार संयोजक मगेन्द्र राई १ः३०ः२१ निर्धारित दुरी पार गरि २५ औं स्थानमा आए भने हरि लामा १ः३७ः५२ मा पार गरि ३८ औं र डोम राना १ः५३ः५५ मा पार गरि ७४ औं स्थानमा आए।

टिम नेपालखबरकी माया गुरुङले १ः३९ः५७ मा निर्धारित दुरी पार गरि महिला तर्फ सातौं स्थान हासिल गरिन भने टीका राना दौडको क्रममा बाटोमा घाइते बनेका एक सहभागीको प्राथमिक उपचार गर्न व्यस्त रहिन्। यो मानवीय कार्यमा करिब ४५ मिनेट खर्चिँदा पनि टीका कट अफ टायम पार गर्न सफल भइन्।

प्रतियोगितामा ३१ देशका ४०० बढी सहभागी भएका थिए।

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 22:14:01

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

Special

NepalKhabar Tweets