Galaxy Network

हङकङका निर्माण व्यवसायी जितेन्द्र महर्जनको मुम्बइमा निधन



जितेन्द्र महर्जन
जितेन्द्र महर्जन

हङकङका उदीयमान व्यवसायी जितेन्द्र (ज्याक) महर्जनको बुधबार भारतको मुम्बइमा निधन भएको छ।

Alpha Travel

हङकङस्थित जितेन्द्रका साथीहरूका अनुसार केही महिनायता उपचार गराइरहेका उनी रगतमा ह्वाइट सेल कम हुने समस्यबाट पीडित थिए। उपचारकै क्रममा उनी मुम्बै गएको बताइएको छ।

जितेन्द्रको पार्थिव शरीर शुक्रबार बिहान काठमाडौं लगिएको छ।

ललितपुर हरिसिद्धिका ४८ वर्षीय जितेन्द्र हङकङको तुनचुङमा बसोबास गर्थे। सन् १९९५ तिर हङकङ आएका उनी कामदारका रुपमा निर्माण क्षेत्रमा प्रवेश गरेका थिए। इमान्दारी साथ मेहनत गर्दै जाँदा उनी निर्माण क्षेत्रको व्यवसायीका रुपमा उदाए, जो पछिल्लो समय व्यवसायी सुब्बा बस्नेतसँगको साझेदारीमा युनाइटेड कन्स्ट्रक्सन कम्पनी सञ्चालन गर्थे।

युनाइटेड हङकङको निर्माण क्षेत्रमा कामदार सप्लाई गर्ने एउटा प्रमुख कम्पनी हो, जसमार्फत करिब ५०० नेपाली काम गरिरहेका छन्।

युनाइटेड हङकङका नेपालीले सञ्चालन गरेका केही यस्ता निर्माण कम्पनीमध्ये एक हो, जसले करिब तीन महिनाअघि मात्रै सञ्चालनमा आएको हङकङ, चुहाई, मकाउ समुद्रपार पुलमा पनि कामदार सप्लाई गरेको थियो।

यो समुद्रपार पुल उद्घाटनको भिडियो आफ्नो फेशबुक पेजमा सेयर गर्दै जितेन्द्रले भनेका छन्, ‘वी आर द वन युनाइटेड पार्ट अफ दिस प्रोजेक्ट।’

संघर्षका दिनहरूमा जितेन्द्र महर्जनसँगै काम गरेका व्यवसायी राजेन्द्र कुमार थापा उनलाई ‘डाउन टु अर्थ’ मित्रका रुपमा सम्झन्छन्।

‘असल र सहयोगी मन भएका ज्याक शक्ति र सम्पत्तिको तुजुक कहिल्यै गर्दैनथे’, थापाले नेपालखबरसँग भने, ‘हामी एकै ठाउँमा सँगै काम गर्यौं, एकै थालमा खायौं र एकै कोठामा सुत्यौं। अहिले उनलाई गुमाउनु पर्दा अथाह पीडा भैरहेको छ, रातभर निदाउनै सकिनँ।’

जितेन्द्रका श्रीमती र २ छोरा हङकङको तुङचुङस्थित आफ्नै निवासमा बस्छन्।

उदीयमान व्यवसायी जितेन्द्र महर्जनप्रति नेपालखबर हङकङको हार्दिक श्रद्धाञ्जली!

 

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 12:07:36

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

Special

NepalKhabar Tweets