Galaxy Network

नेपाली र दक्षिण एसियाली विद्यार्थीलाई लक्षित गरी हङकङमा शैक्षिक सेमिनार



नेपाली तथा दक्षिण एसियाली विद्यार्थीलाई लक्षित गरी हङकङमा शैक्षिक सेमिनारको आयोजना गरिएको छ।

Alpha Travel

शैक्षिक परामर्शदाता एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस हङकङले आईतबार अपरान्ह जोर्डनस्थित बगैचा रेस्टुरेन्टमा शैक्षिक सेमिनार सम्पन्न गरेको हो।

निःशुल्क सेमिनारमा अष्ट्रेलियाका विश्वविद्यालयहरुको पठनपाठन, आकर्षण तथा शैक्षिक करियरको सम्भावनाबारे बारेमा जानकारी गराईएको थियो।

विशेषतः नेपाली अभिभावकहरुको उल्लेख्य उपस्थित रहेको उक्त सेमिनारमा एक्स्पर्टका तर्फबाट एशिया प्यासिफिक हेर्ने निर्देशक ज्याकी च्यु, एजुकेसनल कन्सल्टेन्ट पिओनी तामले तथ्याङ्क र भिज्युअल डिस्प्लेसहितको प्रिजेन्टेसन गरेका थिए। त्यस्तै साउथ एशियन मार्केटिङ हेर्ने ज्ञानेन्द्र गिरिले अष्ट्रेलिया पढ्न जानेहरुको लागि थप प्रकाश पारेका थिए।



नेपाली सस्थापक रहेको एक्स्पर्ट अष्ट्रेलिया बेस रहेको छ। यसले बिश्वका ९ राष्ट्रमा ३४ वटा कार्यलय बिस्तार गरेको छ भने ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाईसकेको छ।

यसले अष्ट्रेलियामा पढ्न जानेका लागि निशुल्क परामर्श र भिषा प्रक्रिया समेत गरिदिन्छ।

हङकङको सेङवानमा यसले गतवर्षको नोभेम्बरमा कार्यलय स्थापना गरेको छ।

प्रकाशित २९ असोज २०७५, सोमबार | 2018-10-15 14:21:23

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets