Galaxy Network

हङकङमा यस्तो रह्यो ‘एनआरएनए डे’



हङकङमा बिहिबार गैरआवासीय नेपाली संघ स्थापनाको १५ औं बर्षगाँठ ‘एनआरएनए डे’ उत्सवका रुपमा मनाइएको छ।

Alpha Travel

एनआरएनए हङकङले बिहिबार साँझ जोर्डनस्थित बगैचा रेस्टुरेन्टमा आयोजना गरेको ‘एनआरएनए डे’ मा एनआरएनए हङकङमा आवद्ध व्यक्ति तथा अन्य नेपाली संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो।

एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङको अध्यक्षतामा सम्पन्न बार्षिकोत्षव पानसमा द्वीप प्रज्वलन गरेर प्रारम्भ गरियो। कार्यक्रममा एनआरएनए हङकङका पूर्व अध्यक्षहरु कृष्ण पाण्डे, दुर्गा गुरुङ, नेपाल चेम्बर अफ कमर्श हङकङका पूर्व अध्यक्ष जेएन ज्ञवाली लगायतले बदलिँदो परिस्थितिमा एनआरएनएको महत्वबारे बोलेका थिए।

एनआरएनए हङकङका महासचिव किसन राईले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए एशिया प्यासेफिक क्षेत्रीय सम्मेलन डिसेम्बरमा हङकङमै आयोजनाको तयारीबारे अध्यक्ष गुरुङले जानकारी गराएकी थिइन।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यता सहित स्थापना भएको एनआरएनएको ७८ देशमा सांगठनिक रुपमा विस्तार भएको छ।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 09:46:18

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets