Galaxy Network

हङकङमा दुई सातादेखि बेपत्ता गुरुङ मृत फेला, सँगै बस्ने इन्डोनेशियाली महिला सम्पर्क बिहिन



भरत प्रसाद गुरुङ
भरत प्रसाद गुरुङ

हङकङमा दुई सातादेखि* हराइरहेका भरत प्रसाद गुरुङ मङकोकको ब्युट स्ट्रिटस्थित आफ्नै निवासमा मृत भेटिएका छन्। प्रहरीले बिहिबार कोठाको ढोका फोरेर गुरुङको लास निकालेको छ।

Alpha Travel

पुर्ख्यौली घर कास्की घाच्चुकका करिब ४७ वर्षीय भरत प्रसाद गुरुङ हङकङको मङकोकस्थित ब्युट स्ट्रिटमा भाडाको कोठामा बस्दै आएका थिए। दुई सातादेखि आफन्त र साथीभाईबाट हराएका र स्थानीयले पनि देख्न छाडेका गुरुङ कोठामै मृत भेटिएका हुन्।

गुरुङ करिब दुई सातादेखि सम्पर्क बिहिन भएपछि बेलायतमा रहेका बहिनी ज्वाइँ गोपि गुरुङले हङकङमा रहेका आफन्तलाई खोजी गर्न आग्रह गरेका थिए।

हङकङबाट बेलायत बसाई सरेका नरहाङ रार्इ र भरत प्रसाद गुरुङका ज्वाइँ गोपिले बुधबार राती आग्रह गरेपछि खोजीको पहल गरेको हङकङकी सामाजिक कार्यकर्ता ईन्द्र गुरुङ (जुडी) ले बताइन।

जुडीले सुरुमा हङकङ प्रहरीमा रहेका निरन्जन गुरुङसँग सम्पर्क गरिन। त्यसपछि उनले सामाजिक काम गर्ने कृश्चियन एक्सन याउचिमङका इन्चार्ज टोनी टामलाई सहयोगका लागि अनुरोध गरिन। बिहिबार अपरान्ह ४ः४५ बजे प्रहरीको एक टोली घटनास्थल पुगेको थियो।

भित्रबाट ताल्चा लगाइएको कोठाको ढोका फोरेर प्रहरी पस्दा मृत र दुर्गन्धित अवस्थामा गुरुङ फेला परेका थिए।

गुरुङ लामो समयदेखि इण्डोनेशियाली महिलासँग बस्दै आएको र अहिले ती महिला सम्पर्कमा नरहेको आफन्तहरूले बताएका छन्। कोठाको बत्ती, एयर कन्डिसन र झ्याल खुल्लै अवस्थामा भेटिएको छ।

एनआरएनए हङकङका उपाध्यक्ष निरन्जन गुरुङका अनुसार प्रहरीले घटनाको मुचुल्का उठाउनुको साथै अनुसन्धान पनि गरिरहेको छ। लास क्वाइचुङ लैजाने तयारी छ, जहाँ पोष्टमोर्टम हुनेछ। सँगै बस्दै आएकी इन्डोनेशियाली महिलाको खोजी पनि भइरहेको छ।

स्वास्थ्य स्थिति तन्दुरुस्त नभएका गुरुङ हङकङमा सेक्युरिटि गार्डको रुपमा काम गर्थे।

एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङका अनुसार मृतक गुरुङ बेलायती सेनाका मेजरका छोरा हुन्। उनकी एक बहिनी बेलायतमै बसोबास गर्छिन।

*सच्याइएको। 

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 19:12:49

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets