Galaxy Network

११ लाख मानिस राख्न ५०० अर्ब डलरमा समुद्रमा नयाँ टापु निर्माण गर्ने हङकङ सरकारको घोषणा



हङकङकी प्रमुख कार्यकारी क्यारी लामले ११ लाख मानिस बसोबास गराउन समुद्रको बिचमा ५०० अर्ब डलर लगानीमा कृत्रिम टापु निर्माण गर्ने निकै महत्वकांक्षी योजनाको खुलासा गरेकी छन्।

Alpha Travel

हङकङको लान्ताउ टापु नजिकै समुद्रको बिचमा १७०० हेक्टर क्षेत्रफलको मानव निर्मित टापु बनाउने लामको योजना छ। जसलाई उनले ‘लानटाउ टुमरो भिजन’ नाम दिएकी छन्।

आफ्नो दोस्रो नीति वक्तव्यको क्रममा लामले बुधबार यो खुलासा गरेकी हुन्।

हङकङमा रेलमार्ग, विमानस्थल लगायत ठूला पूर्वाधार निर्माणका आयोेजना पूरा हुन लागेको र रोजगारीको अवसर सिमिति हुँदै गएको अवस्थामा नेपाली समुदायलाई यो खबरले पक्कै खुसी तुल्याउने छ।

खासगरी निर्माण क्षेत्रमा संलग्न हुँदा हङकङका नेपालीले आकर्षक आम्दानी गरिरहेका छन् र यदि यो परियोजना साँच्चै अगाडि बढ्यो भने नेपाली समुदायका लागि पनि यसले राम्रो अवसर सिर्जना गर्नेछ।

लामले बढ्दो जनसंख्या व्यवस्थित गर्न भन्दै यो महत्वकांक्षी परियोजना ल्याएपनि हङकङको वित्तिय ढुकुटीको करिब आधा हिस्सा बराबर लगानी हुने भएकाले सुरुमै यो आयोजना विवादमा परेको छ।

लानटाउ टापुको पूर्वपट्टी निर्माण गर्ने भनिएको नयाँ टापुमा ११ लाख मानिसलाई बसोबास गराउने लामको योजना छ। लामले यो सारै महत्वकांक्षी र लामो समय चल्ने पूर्वाधार निर्माण योजनालाई ‘लानटाउ टुमरो भिजन’ नाम दिएकी छन्।

साउथ चाइना मर्निङ पोष्टका अनुसार यो योजना सफल भएमा हङकङमा यो अहिलेसम्मकै सबैभन्दा महंगो परियोजना र सबैभन्दा ठूलो टापु हुनेछ। टापु निर्माण गर्न चार सयदेखि पाँच सय अर्ब हङकङ डलर लाग्ने अनुमान छ, जसबाट हङकङमा तेस्रो आवास तथा बिजनेश सेन्टर निर्माण हुनेछ। यसअघि सेन्ट्रल र काउलुन इस्टमा यस्ता आवास तथा बिजनेश सेन्टर बनाइएको थियो।

‘मेरो विचारमा संकिर्ण सोच राख्नेहरूले महंगो भन्दै यो परियोजना अस्वीकार गर्न सक्छन्’, लामले दीर्घकालीन रुपमा यसले हङकङलाई ठूलो फाइदा पुर्याउने तर्क गर्दै बुधबार नीति वक्तव्यपछिको पत्रकार सम्मेलनमा भनिन्।

‘यो परियोजनाले हङकङको दीर्घकालिन सामाजिक तथा विकास आवश्यकता पूरा गर्न आवास तथा भूमी उपलब्ध गराउन सक्छ कि सक्दैन, यो प्रश्न हामीले आफैंलाई सोध्नु पर्छ’, लामले आफ्नो योजनाको महत्व दर्शाउँदै थपिन। 

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 18:05:18

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets