Galaxy Network

सुमितको ‘छाल बनी’मा बिनोद र शान्तिको वियोगान्त प्रेमकथा (भिडियो)

म्युजिक भिडियोको छायांकनका लागि उपयुक्त स्थान बन्दै हङकङ



पछिल्लो समयमा हङकङ म्युजिक भिडियोको छायांकनका लागि उपयुक्त स्थान बन्दै गइरहेको छ।

Alpha Travel

 यहाँका सुन्दर प्राकृतिक दृश्य र मानव निर्मित अदभूत संरचना आफ्नो भिडियोमा देखाउन निर्माता तथा कलाकारहरु लागि परेपछि यो भिडियोको छायांकनका लागि उपयुक्त गन्तब्य बन्न पुगेको हो।

पछिल्लो समय यहाँ म्युजिक भिडियोको छायांकनको क्रम बढेको छ। यसै क्रममा गायक सुमित खड्काको ‘छाल बनी’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हङकङका रमणीय पर्यटकीय गन्तव्यमा छायांकन गरियो यो गीतको म्युजिक भिडियोको मज्जाको राईले निर्देशन, छायाङ्कन र सम्पादन गरेका छन्। गीतमा निरज श्रेष्ठको संगीत र भेषबहादुर शाहको शब्द रहेको छ।

वियोगान्त प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोमा बिनोद बस्नेत र शान्ति नेपालीको अभिनय देख्न सकिन्छ।

केही दिनअघि जोर्डनस्थित चुमलुङ हिमको कार्यकक्षमा वर्ल्ड प्रीमियर सोमार्फत उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको हो। भिडियो एचके ट्युव नेपाल अनलाईन टिभीको प्रडक्सनमा तयार भएको हो।

भिडियोमा सेन्स अफ क्लिकको ड्रेस डिजाईनिङमा रेवती खड्काको मेकअप रहेको छ। लिलेश्वरी खड्का र सुनिल मलले संयुक्तरुपमा भिडियो मेकिङ्को ब्यवस्थापन गरेका छन्।

सीमित स्रोत, साधन र समयका कारण भिडियो हतारमा बनेको निर्देशक राई बताउँछन्। एकै दिनमा छायांकन सकिएको उक्त भिडियो राईले पहिले पटक निर्देशन गरेका हुन भने अभिनेता विनोद र अभिनेत्री शान्तिले दर्शकको माया पाउनेमा आफूहरु आशावादी रहेको प्रतिक्रिया दिएका छन्।

हेराैँ भिडियो:

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 09:31:30

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets