Galaxy Network

पढाइसँगै काम गर्न हङकङबाट अष्ट्रेलिया

हङकङबाट अष्ट्रेलिया पढन जान चाहनेलाई सेमिनारमा आमन्त्रण



हङकङबाट उच्च अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली र अन्य समुदायका विद्यार्थीका लागि आइतबार छलफल कार्यक्रम आयोजना गरिएको छ।

Alpha Travel

एक्सपर्ट एजुकेशन तथा भीसा सेवाले जोर्डनको बगैंचा रेष्टुरेन्टमा हुने कार्यक्रममा सहभागी हुन हङकङमा रहेका नेपाली विद्यार्थी र अभिभावकलाई आमन्त्रण गरेको हो।

एक्सपर्ट एजुकेशन तथा भीसा सेवाका ज्ञानेन्द्र गिरीका अनुसार बगैंचा रेष्टुरेन्टमा आइतबार दिउँसो २ बजेदेखि ६ बजेसम्म हुने कार्यक्रममा अष्ट्रेलियामा शैक्षिक अवसरबारे छलफल हुनेछ। जहाँ अष्ट्रेलियामा शिक्षाको अवसर र भर्ना प्रक्रिया सम्बन्धी विज्ञहरूले सहभागीका जिज्ञासाको जवाफ समेत दिनेछन्।

एक्सपर्ट एजुकेशन तथा भीसा सेवा अष्ट्रेलियामा नेपालीले सञ्चालन गरेको एउटा प्रमुख शैक्षिक संस्था हो, जसले अहिले हङकङमा कार्यालय स्थापना गरेर नेपाली लगायत विद्यार्थीलाई अष्ट्रेलियाको शैक्षिक अवसरबारे परामर्श दिँदै आएको छ। 

हङकङमा उच्च शिक्षाको अवसर निकै सिमित भएकाले यहाँका नेपाली विद्यार्थी समेत विदेश जाने गरेका छन्। अष्ट्रेलिया, बेलायत, अमेरिका र अन्य देशहरू हङकङका नेपाली विद्यार्थीका गन्तव्य बन्दै आएका छन्।

तुलनात्मक रुपमा सहज र पहुँचयोग्य गन्तव्य भएकाले पछिल्लो समय अष्ट्रेलिया हङकङका विद्यार्थीको छनोट बन्न थालेको देखिन्छ। त्यसैले हङकङका नेपाली विद्यार्थी र अभिभावकका लागि सजिलो होस् भनेर यहाँ हामीले अष्ट्रेलियाको शैक्षिक अवसरबारे केही विवरण राखेका छौंः

पढाइसँगै काम गर्न अष्ट्रेलिया
अष्ट्रेलिया मात्र २ करोड ३० लाख जनसंख्या भएको देश हो। तरपनि बेलायत र अमेरिकापछि अष्ट्रेलिया सर्वाधिक अन्तर्राष्ट्रिय विद्यार्थी भएको देशमा पर्दछ। यो आश्चर्यको विषय हुनेछैन्, जब विश्वका एक सय मुख्य विश्वविद्यालयमध्ये ७ अष्ट्रेलियामै छन् भन्ने हामी थाहा पाउँछौं।

अष्ट्रेलियाका ११ सय शैक्षिक संस्थामा २२ हजार पाठ्यक्रम पढाइ हुन्छन्। पाठ्यक्रमका हिसावले जर्मनी, नेदरल्याण्ड्स र जापानभन्दा अष्ट्रेलिया माथि छ। युनिभरसिटास् २०१२ यू २१ का अनुसार अष्ट्रेलिया राष्ट्रिय उच्च शिक्षा प्रणालीको आठौं स्थानमा दर्ज छ। अष्ट्रेलियाका शैक्षिक संथाहरु पनि विश्वसनीय मानिन्छन्।

विश्वका ३० मुख्य शहर जहाँ शिक्षाको गुणस्तर राम्रो मानिन्छ, त्यस्ता पाँच शहर अष्ट्रेलियामै छन्। ती शहरमा विद्यार्थीले खोजेका सम्पूर्ण सुविधा उपलब्ध छन्। ती शहरमा विभिन्न देशका विद्यार्थी पढ्ने गर्दछन्, शिक्षण संस्थाहरु विद्यार्थीको आर्थिक पहुँचमा छन् र रोजगारीको सुविधा भएकाले विद्यार्थीले गुणस्तरीय जीवनको कल्पना गर्न सक्छन्।

यसैगरी सरकारले वार्षिक रुपमा २० करोड अष्ट्रेलियन डलर अन्तर्राष्ट्रिय विद्यार्थीको छात्रवृत्तिका लागि प्रदान गर्ने गर्दछ। यसले समेत विभिन्न देशबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीलाई अवसरको ढोका खोलिदिएको छ।

अष्ट्रेलियामा विद्यार्थीले खोजेका सम्पूर्ण विषय प्राप्त गर्न सक्छन्। किनभने एक अष्ट्रेलियन विश्वविद्यालयसँग विश्वव्यापी रुपमा भएका विषयहरु समावेश छन्। नेचुरल साइन्स र गणित, लाइफ एण्ड एग्रीकल्चरल साइन्स, क्लिनिकल मेडिसिन एण्ड फार्मेसी, फिजिक्सजस्ता चर्चित विषयहरु अष्ट्रेलियामा विश्वसनीय ढंगबाट पढाइ हुन्छ।

अष्ट्रेलियामा प्रभावकारी शिक्षालाई जोड दिइएका कारण यहाँका २५ लाख पूर्व विद्यार्थीहरु कुनै न कुनै स्थानमा सक्षम देखिएका छन्। यहाँका केही विद्यार्थीहरु विश्वकै अद्भूत क्षमता भएका मध्यमा पनि पर्छन्। अष्ट्रेलियाका विश्वविद्यालयले अहिलेसम्म १५ नोबल पुरस्कार विजेता जन्माइसकेका छन्। विश्वका धेरै मानिस अहिले अष्ट्रेलियाको चिकित्सा सेवा, प्रविधिमा भर पर्ने गर्छन्। जसले हजारौं मानिसको रोग निदान गरिदिएको छ।

प्रकाशित २४ असोज २०७५, बुधबार | 2018-10-10 09:02:43

नेपालखबरबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets