Galaxy Network

हङकङको युनलोङबाट ड्रग कारोबार गर्ने पाँच नेपाली मध्यराती पक्राउ



आइतबार पक्राउ परेका नेपाली युवा
आइतबार पक्राउ परेका नेपाली युवा
तस्बिर सौजन्यः एचकेडटओएनडटसीसी

हङकङको युनलोङमा ड्रग कारोबार गर्ने पाँच नेपालीलाई प्रहरीले आइतबार राती पक्राउ गरेको छ।

Alpha Travel

युनलोङमा पसल नै सञ्चालन गरेर अनधिकृत रुपमा ड्रग कारोबार गर्ने २३–४५ वर्ष उमेरका पाँच नेपाली मूलका युवा पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दै एक स्थानीय चिनियाँ अनलाइनले जनाएको छ।

आफ्नै समुदायका मानिसलाई ड्रग बेच्न युनलोङमा उनीहरूले पसल समेत सञ्चालन गरेको समाचारमा जनाइएको छ। लामो अनुसन्धानपछि प्रहरीले आइतबार राती १० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले युनलोङको वाङफाट रोडस्थित चियुङसिङ बिल्डिङ नम्बर ३ बाट उनीहरूलाई पक्राउ गर्दा लागू औषध र केही साना हतियार समेत बरामद गरेको छ। जसमा २.६ ग्राम हिरोइन सहित १६ हजार हङकङ डलर बराबरको लागू औषध, तरकारी काट्ने एउटा चक्कु र स्टुन गन छन्।

हङकङमा ड्रग कारोबार र सेवन गर्नेमा अन्य समुदायका सहित नेपाली युवापनि संलग्न रहेको पटक पटकका घटनाबाट पुष्टी भएको छ।

हङकङमा ज्याप स्टुडियोका सञ्चालक तथा पत्रकार बिक्रम गुरुङले यस सम्बन्धी खबर सामाजिक सञ्जालमा सेयर गर्दै हङकङका नेपाली अगुवाहरूलाई मनोरञ्जन सम्बन्धी कार्यक्रम भन्दा बालबालिका र युवा लक्षित जागरण अभियान चलाउन सुझाव दिएका छन्।

‘सामाजिक विकास सम्बन्धी कार्यक्रम गर्दा सामाजिक किचलोको झमेला खेप्न गाह्रो हुन्छ भनेर पो हो कि हाम्रा सामाजिक नेता र अभियान्ताहरुको ध्यान मनोरन्जनमै मात्र गएको देखिन्छ’, गुरुङले प्रश्न गर्दै भनेका छन्, ‘नानीहरुलाई नाच्न र गाउन मात्र सिकाउने कि अरु चेतना र शीपमूलक कार्यमा पनि लगाउने?’

दुई साताअघि हङकङमा आएको सामुद्रिक आँधीपछि नेपाली समुदायको तर्फबाट सहर सफाई अभियानको सहनेतृत्व समेत गरेका गुरुङको प्रश्न छ— नेपाली नव युवाहरू यसरी एकपछि अर्को खोरमा छिरेपछि कसरी समाज, धर्म, जाती, भाषा र संस्कृति तथा पार्टीको विकासको सपना पूरा होला?

प्रकाशित २२ असोज २०७५, सोमबार | 2018-10-08 11:11:24

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets