Galaxy Network

हङकङमा नेपाली दिदी–बहिनीले सुरु गरे अनलाइन सपिङ स्टोर



सेन्ट्रलको क्विन्स रोडमा नेपाली दिदी–बहिनीले खोलेको ‘बेबी बेशिक्स्’ स्टोरले हङकङभरी होम डेलीभरी सहित अनलाइन सपिङ सुरु गरेको छ।

Alpha Travel

१५ वर्ष बढी अर्काको स्टोरमा काम गरेपछि नेपाली दिदी–बहिनी आफैले ‘बेबी बेशिक्स्’ स्टोर सुरु गरेका हुन्, जुन अहिले हङकङका विदेशी माझ लोकप्रिय बन्दै गएको छ।

हङकङको व्यापार व्यवसायमा एकपछि अर्को नेपालीको प्रवेश भइरहेको बेला गत साता सेन्ट्रलको क्विन्स रोडस्थित लनसिङ हाउसको सातौं तलामा ‘बेबी बेशिक्स्’ स्टोर सञ्चालनमा आएको हो।

हङकङमा चर्चित ‘बम्ब टु बेब्स’ स्टोरमा डेढ दशक बढी ब्रान्च म्यानेजर र एडमिष्ट्रेशन म्यानेजरको अनुभव संगालेका दिदी–बहिनी आरती लिम्बु र अनुराधा लिम्बु क्षेत्रीले सुरु गरेको व्यवसाय अरु नेपालीले गरिरहेको भन्दा फरक छ।

बेबी बेशिक्समा गर्भवती महिला, नवजात शिशुदेखि १० वर्ष मुनिका बाल–बालिकाहरूका लागि स्वस्थ्य सामाग्री, पहिरन, खेलौना आदि एकै छानामुनी सुपथ मूल्यमा उपलब्ध गराइएको आरतीले बताइन।

चल्दा चल्दैको ‘बम्ब टु बेब्स’ अचानक बन्द भएपछि लिम्बु दिदी–बहिनीले लामो अनुभव खेर नफाली ‘बेबी बेशिक्स्’ को नाममा त्यसलाई पुनर्जीवन दिएका हुन्।

‘हामीले जानेको काम यही थियो’, आरती लिम्बुले भनिन्, ‘फेरि अरुकोमा जागिर खाने भन्दा आफै केहि गरौं भन्ने लागेर यो व्यवसाय सुरु गरेका हौं।’

आरतीका अनुसार वातावरणमैत्री स्तरीय उत्पादनहरु सस्तो मूल्यमा अनलाइन सपिङ र हङकङभरी होम डेलिभरी गर्ने व्यवस्था मिलाइएको छ।

हङकङ डलर ५०० भन्दा बढीको सामान अनलाइनबाट अर्डर गर्ने ग्राहकलाई होम डेलिभरीको व्यवस्था गरिएको छ।

बेबीबेशीकस्एचकेडटकम वेभपेज सजिलैसँग लगइन गरी सामान रोजेर अर्डर गर्न सकिने बताउँदै लिम्बुले होम डेलभिरीका लागि भ्यान सहितको छुट्टै आफ्नै टीम रहेको बताइन।

लामो अनुभवपछि आरतीले बहिनी र केही लगानीकर्ताको साथमा सुरु गरेको यो व्यवसायबारे धेरै नेपालीलाई थाहै नभए पनि विदेशीहरु माझ लोकप्रिय बन्दैछ। सम्पर्कमा रहेका पुराना ग्राहकहरु नयाँ ठाउँ सोधखोज गर्दै आउन थालेका छन्। स्टोरमा ‘बम्बस टु बेबस’ का पुराना ग्राहकहरुको भीड लाग्न थालिसकेको छ।

स्टोर खुलेको एक सातामा धेरै पुराना विदेशी ग्राहकहरु आउन थालेको आरतीले बताइन।

पुराना ग्राहकमा चिनियाँ र अन्य विदेशी धेरै भएपनि ‘बेबी बेशिक्स्’ मा नेपाली ग्राहकलाई पनि आकर्षित गरिरहेको उनले बताइन।

हङकङका धेरै स्टोरहरुमा महंगो शुल्कमा बिक्रि भइरहेका र नेपालीले पनि प्रयोग गर्दै आएका उत्पादनहरु अरु ठाउँ भन्दा सस्तोमा उपलब्ध गराइरहेको दाबी स्टोरको छ।

लिम्बुका अनुसार बेलायत र युरोपका अरु देशबाट सिधै कण्टेनरमा सामान मगाउने भएकाले एउटै सामान बाहिर भन्दा सस्तो र कतिपय सामान अन्य स्टोरमा भन्दा आधा मूल्यमै लिन सकिन्छ। बच्चाको स्किन केयर ‘चाइल्ड फाम’ बेलायतको लोकप्रिय उत्पादन अरु स्टोरमा भन्दा निकै सस्तोमा उपलब्ध रहेको आरतीले जनाइन।

स्थानीय चिनियाँ र विदेशी ग्राहकको मन जित्दै आएका लिम्बु दिदी–बहिनी हङकङका नेपालीबाट पनि आफ्नो काम र व्यवसायलाई हौसला–माया पाउनेमा विश्वस्त छन्।

प्रकाशित २१ असोज २०७५, आइतबार | 2018-10-07 22:16:09

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets