Galaxy Network

हङकङमा ‘डब्लुटिए टुर हङकङ ओपन टेनिस’ आजदेखि शुरु, युएस ओपन च्याम्पियन ओशाकासमेत सहभागी



महिलाहरुको व्यवसायिक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता ‘डब्लुटिए टुर हङकङ ओपन’को नवौं संस्करण शनिबारदेखि हङकङको भिक्टोरिया पार्कस्थित टेनिस रंगशालामा शुरु भएको छ।

Alpha Travel

 शनिबार र आइतबार छनौट चरणको खेल हुनेछ भने सोमबार बाट मेन ड्र को खेल हुनेछ। नक आउटको आधारमा खेलाइने उक्त प्रतियोगितामा सिङ्गल्सतर्फ राउण्ड ३२ र डबल्स तर्फ राउन्ड १६ को खेल हुनेछ। 

उक्त प्रतियोगिताको मेन ड्र मा युक्रेनकी विश्व बरियताको नम्बर ६ खेलाडी एलिना भिटोलिनाले शीर्ष बरियता पाएकी छिन। त्यसैगरि यसै वर्षकी युएस ओपन बिजेता जापानकी नाओमी ओशाका नम्बर दुई, गत वर्षको फ्रेन्च ओपन बिजेता लात्भियन यलेना ओस्टान्पेन्को तेस्रो तथा पुर्ब फ्रेन्च र विम्बल्डन बिजेता पूर्व नम्बर १ स्पेनकी ग्याब्रीन मुगुरुजाले चौथो वरियता प्राप्त गरेकी छन्।

त्यसैगरी युक्रेन कि लेसिया सुरेन्को, चीनकी वान क्विन, अष्ट्रेलियाकी दारिया ग्याब्रीलोभा र फ्रान्सकी एलाइज कोर्नेटले क्रमशः ५, ६, ७ र ८ औँ बरियता प्राप्त गरेका छन। यी सबै खेलाडीहरु प्रतियोगिताको प्रमुख आकर्षक हुनेछन्।

प्रतियोगितामा विश्व वरियताका पूर्व नम्बर २ तथा पूर्व फ्रेन्च र अष्ट्रेलिययन ओपन च्याम्पियन चीनकी लि नाको प्रदर्शनी खेल समेत हुनेछ।

बिजेताले विश्व बरियताको लागि २ सय ८० अंक प्राप्त गर्नेछ भने प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख पचास हजार अमेरिकी डलर रहेको छ।

प्रकाशित २० असोज २०७५, शनिबार | 2018-10-06 14:47:44

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets