Galaxy Network

हङकङमा घर चाहियो? सहुलियत मूल्यमा किन्न आवेदन दिनुस्



Alpha Travel

हङकङमा घरको मूल्य आकासिएको बेला फ्लाट मालिक बन्न सक्ने यो सुनौलो अवसर हो। गोला प्रथामा नाम निक्लेमा पहिलो पटक किन्ने व्यक्ति वा परिवारले ९५ प्रतिशतसम्म ऋण बैंकबाट प्राप्त गर्न सक्ने छ।

हङकङको सरकारी निकाय हाउजिङ अथोरिटीले निम्न र मध्यम वर्गका नागरिकलाई लक्षित गरि ‘होम ओनरसिप स्किम’ ल्याएको छ। जस अन्र्तगत सहुलियत दरमा नीजि आवास किन्न बुधबारबाट आवेदन खुल्ला गरिएको छ।

यो सुविधाको पहिलो चरण केही महिनाअघि मात्र सकिएको थियो। अर्को चरणका लागि सरकारले सेप्टेम्बर २६ मा नयाँ आवेदन आह्वान गरेको हो। यो सुविधा लिन इच्छुक हङकङका नागरिकले अक्टोबर ३ देखि १६ सम्म आवेदन दिन सक्नेछ।

आवेदन दिँदा सरकारी सस्तो दरमा भाडामा बस्दै आएका व्यक्ति वा परिवारले हरियो फारम तथा नीजि भाडामा बस्दै आएका व्यक्ति वा परिवारले सेतो फारम भर्नु पर्नेछ।

आवेदकहरु कम्तिमा १८ बर्ष नाघेको र सात बर्षदेखि बिना शर्त हङकङमा बसोबास गर्दै आएको हुनु पर्नेछ।

आवेदकको परिवारमा एक जना भए मासिक आम्दानी हङकङ डलर ३०,००० तथा चल अचल सम्पत्ति ९८०,००० र परिवारमा दुई वा दुई भन्दा बढी व्यक्ति भए मासिक आम्दानी ६०,००० तथा चल अचल सम्पत्ति १,९६०,००० भन्दा बढी हुनु हुँदैन।

आवेदन फारम हाउजिङ अथोरिटीको कार्यालय र अनलाइन दुबै तरिकाबाट निशुल्क प्राप्त गर्न सकिनेछ।

आवेदकहरु मध्येबाट विद्युतीय गोला प्रथाद्वारा आगामी नोभेम्बरमा नाम छानिने छ। जसको नाम छनौटमा पर्छ उसले अर्को बर्षको फेब्रुअरी महिनाबाट आफुलाई मन परेको फ्लाट छान्न शुरु गर्न सक्नेछ।

यो सुविधा अन्र्तगत सरकारले चेङसावानको होई लोकमा २५२२, काई लोङ काईतकमा ६८३ र यु ताई तुङचुङमा १२२६ फ्लाटहरु बिक्रि गर्दैछ। जसमध्ये ३८३–६३१ बर्ग फिटका चेङ्सावानका फ्लाटहरुको मूल्य २.१६८–४.६७९ मिलियन हङकङ डलर, २८०–४७१ बर्ग फिटबकक काईतकका फ्लाटहरु १.१८१–३.१७९ मूल्य तथा तुङचुङको एक क्षेत्रमा रहेका २७८–५७२ बर्ग फिटका ८८५ फ्लाटको मूल्य १.६८८–३.६२७ मिलियन तथा अर्को भागमा रहेका ३०९–४८९ बर्ग फिटका ३४१ फ्लाटहरुको मूल्य १.२३०–२.५०२ मिलियनसम्म रहेको छ। यो बजार मूल्य भन्दा झन्डै ५० प्रतिशत छुट मूल्य हो।

हङकङमा घरको मूल्य आकासिएको बेला फ्लाट मालिक बन्न सक्ने यो सुनौलो अवसर हो। गोला प्रथामा नाम निक्लेमा पहिलो पटक किन्ने व्यक्ति वा परिवारले ९५ प्रतिशतसम्म ऋण बैंकबाट प्राप्त गर्न सक्ने छ। सुरुमा ५ प्रतिशत नगद तिरेर फ्लाटको मालिक बन्न सकिनेछ। 

बिल्डिङको मोडल, भिडियो भर्च्युअल शो लोक फुस्थित हाउजिङ अथोरिटी कस्टमर सर्भिसको पोडियम लेभलको पहिलो तलामा प्रदर्शनीका लागि राखिएको छ। सेप्टेम्बर २६ बाट राखिएको उक्त प्रदर्शनी अक्टोबर १६ सम्म रहने छ। प्रदर्शनी बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहने छ।

सेल्स अफ होम ओनरसिप स्किम फ्लाट २०१८ का लागि जम्मा ४४३१ फ्लाटहरु बिक्रीमा राखिएको छ।

प्रकाशित १७ असोज २०७५, बुधबार | 2018-10-03 21:49:01

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets