Galaxy Network

हङकङमा नेपालीहरुलाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन उपाधी



भारतीयहरुद्वारा हरक बर्ष खेलाईने प्रतिष्ठित दशौं दयल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को सवनानी कपको बिभिन्न बिधामा नेपाली खेलाडीहरुले पदक जितेका छन्।

Alpha Travel

अक्टोबर १ तारिखका दिन जोर्डन स्थित कुङ चुङ स्पोर्ट्स सेन्टरमा सम्पन्न उक्त प्रतियोगिता मिन्स डबल्स, वुमन्स डबल्स र मिन्स्ड डबल्स बिधामा खेलाईएको थियो।

कुल ६६ टिमले भाग लिएको उक्त प्रतियोगितामा हङकङ नेप्लिज ब्याडमिन्टन एसोसिएसनको प्रतिनिधित्व गर्दै मिन्स डबल्स तर्फ सात जोडी नेपाली टिमले भाग लिएको थियो।

जसमध्ये मिन्स डबल्स तर्फ ४० भन्दा माथी उमेर समुहको फाईनलमा नेपाली पुरुष जोडी रजिन राई र मीन घलेको जोडीले ईन्डिया क्लबका प्रतिद्वन्दीहरुलाई २१-१५, १५-२१, २१-१३ को अन्तरमा पराजित गर्दै प्रथम स्थान हासिल गरे।

त्यसैगरि ३५ बर्ष माथी समुहको फाईनलमा बिरेन थापा र प्रबिन पुनको जोडीले टिसी टाईगर क्लबका गोभिन र योगेस को जोडिलाई २१-२६, २१-१७ को सोझो सेटले पराजित गरि प्रथम भए। त्यसै गरि मिन्स डबल्स ओपन तर्फ भने बिरेन थापा र प्रबिन पुनको जोडी भने चिनियाँ जोडि चिङ पाक यिन र चोउ पिङ फाई सङ्ग १२-२१, ११-२१ को सोझो सेटमा पराजित हुँदै उपबिजेतामा बन्यो।

प्रतियोगिता सुरुआतको दशबर्ष बाटै हङकङ नेप्लिज ब्याडमिन्टन एसोसिएसनले अनवरत भाग लिदै अन्य योगदान गरे बापत रजिन राई र एसोसिएसनलाई सम्मान समेत गरिएको थियो। पुरस्कार र सम्मान कार्यक्रममा भारतीय महावाणिज्यदूतको उपस्थिति रहेको थियो। प्रतियोगिता दयल लिजर एन्ड कल्चरल एसोसिएसन र तमिल कल्चरल एसोसिएसनले संयुक्त रुपमा आयोजना गरिएको हो।

प्रकाशित १६ असोज २०७५, मंगलबार | 2018-10-02 16:34:05

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets