Galaxy Network

चेपाङ बस्तीमा स्वास्थ्यचौकी निर्माणका लागि हङकङमा गरिएको च्यारिटीमा लक्ष्यभन्दा धेरै रकम उठ्यो



मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्यचौकी निर्माणका लागि हङकङमा गरिएको च्यारिटी डिनरको आयब्यय सार्वजनिक गरिएको छ।

Alpha Travel

मकवानपुरको कैलास नगरपालिका, भार्तामा अवस्थित चेपाङ बस्तीमा स्वास्थ्य चौकी निर्माणका लागि प्रथम मिसेज हङकङको पहलमा गत अगस्ट १९ मा आयोजित च्यारिटी डिनरको आयब्यय विवरण सार्वजनिक गरिएको हो।

बिहीबार साँझ जोर्डनस्थित गैरआवासीय नेपाली संघको कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजन गरी आयब्यय सार्वजनिक गरिएको हो।

सम्मलनमा संयोजक तथा प्रथम मिसेज हङकङ नेपाल पविता पुमा राईले आयब्यायको विवरण प्रस्तुत गरिन्। च्यारिटी डिनरको टिकट बिक्री र चन्दाबाट एक लाख ५ हजार ३६ हङकङ डलर अर्थात १३ लाख ५४ हजार नेपाली रुपैयाँ संकलन भएको थियो। कार्यक्रमको खर्च ३५ हजार १७ डलर अर्थात पाँच लाख ५१ हजार ७ सय १९ रुपैयाँ भएको र वचतमा ७० हजार १९ डलर अर्थात् ९ लाख ३ हजार २४५ रहेको पविताले जानकारी दिइन्।

स्वास्थ्य चौकी निर्माणका लागि ७ लाख रुपैयाँ उठाउने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा लक्ष्यभन्दा दुई लाख रुपैयाँ बढी उठेको हो।

लक्ष्यभन्दा बढी उठेको रकम आपतकालीन कोषमा जम्मा गरेर भविष्यमा थप अरु सामाजिक सेवाका कार्यक्रम गर्ने संयोजक पविताले नेपालखबरलाई बताइन्।

उक्त कोषमा मिसेस हङकङको ११ जनाको टिमले हरेक महिना लेभी जस्तै केही रकम जम्मा गर्दै आएको पनि उनले जानकारी दिइन्। अनावश्यक कुरामा रकम खर्च नगरिने उनले प्रतिवद्धता समेत जनाइन्।

मिस नेपाल शृङ्खला खतिवडाको प्रोजेक्टमा बन्न लागेको चार कोठे स्वस्थचौकीको भवनमा सात लाख बराबरको एक कोठा मिसेज हङकङ नेपालले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। तर पछि एनआरएन हङकङ र महिला संघ हङकङको अध्यक्ष टीका गुरुङ तथा व्यवसायी पति प्रकाश पुनले रु ४ लाख बराबर छाना समेत हालिदिने प्रतिवद्धता जाहेर गरेका छन्।

मिसेस नेपाल हङकङको आयोजक महिला संघ तथा एनआरएन अध्यक्ष टिका गुरुङले मिसेस हङकङ नेपाल टिमको एकता र कार्य शैलीको मुक्तकण्ठले प्रशंसा गर्दै भविष्यमासमेत यस प्रकारका सेवाभावका असल कार्यका लागि शुभकामना दिइन्।

हङकङमा रहेका नेपालीहरुका धेरै संस्थाका कार्य नेपालमुखी भइरहेकाले मिसेस हङकङले आवश्यकता हेरेर काम गर्ने र निकट भविष्यमै हङकङलाई लक्षित गरेर कार्यक्रम गरिने पविताले जानकारी दिइन्।

प्रकाशित २९ भदौ २०७५, शुक्रबार | 2018-09-14 14:58:09

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

Special

NepalKhabar Tweets