Galaxy Network

ढाकामय हङकङको चासोक ताङनाम



हङकङको यसपालीको चासोक ताङनाम ढाकामय देखिएको छ। लिम्बु समुदायका बालबालिका, युवा र पाकासमेत ढाकाको पोशाकमा सजिएर आफ्नो एउटा प्रमुख चाड बनाउन भेला भए। किरात याक्थुम चुम्लुङ हङकङले सोमबार मंकी हिल पार्कमा आयोजना गरेको चासोकमा गैरलिम्बु समुदाय समेत ठूलो संख्यामा भेला भएका थिए। लिम्बु संस्कृति र बिबिक्यू पार्टीसहित आयोजना गरिएको कार्यक्रमको मुख्य आकर्षण त ढाकाको पोशाक नै देखियो। बालबालिकादेखि युवा र पाका उमेर सहभागीमा देखिएको ढाका आकर्षणले साँच्चिकै नेपाली पन झल्किएको थियो। आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई, गायक धिरज राई, चलचित्रकर्मी भिष्मा चेम्जोङ लगायतको आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा न्वागी पूजा, एक राते ताङसिङ, येमा नाच, हाक्पारे, पालाम, केलाङ, यालाङ, लिम्बु जन्य भेषभुषा तथा गहना प्रर्दशन गरिएको थियो। कार्यक्रममा नेपाल तथा हङकङका लिम्बु कलाकारले सांस्कृतिक कार्यक्रम देखाएका थिए भने हङकङको लिम्बु समुदायका अगुवाहरूलाई सम्मान गरिएको थियो।

Alpha Travel
प्रकाशित १२ पुस २०७४, बुधबार | 2017-12-27 17:12:30

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets