Galaxy Network

हङकङमा दिवङ्गत प्रकाश दाहालको सम्झनामा श्रद्धाञ्जली सभा



नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डका छोरा प्रकाश दाहालको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हङकङमा एक श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।

Alpha Travel

नेपाली जन प्रगतिशील मञ्च हङकङ, नेकपा माओवादी केन्द्र हङकङ लगायत अन्य भातृ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको उक्त शोक सभा जोर्डन स्थित चुम्लुङ हिममा सोमबार साँझ सम्पन्न भएको छ। प्रगतिशील मन्चका अध्यक्ष धिरेन राईको अध्यक्षता सम्पन्न शोक सभामा जनयुद्धका सहिद र दिवङ्गगत प्रकाश दाहालको सम्झनामा एक मिनट मौन धारण गर्नुका साथै द्वीप प्रज्ज्वलन गरी दाहालको तस्वीरमा पुष्प गुच्छा चढाइएको थियो।

उक्त शोक भेलामा माओवादी केन्द्र हङकङका सल्लाहकार जसबहादुर ओख्राबुले प्रकाशको योगदानको चर्चा गर्दै सिङ्गो पार्टीलाई अपुरणीय क्षति पुगेको बताए।

‘अन्य पार्टी नेताका छोराछोरीहरु विदेशको विलासितामा रमाइरहेका बखत प्रकाश दाहाल सपरिवार आमूल परिवर्तनका लागि युद्धमा होमिए,’ माओवादी केन्द्र हङकङ शाखाका अध्यक्ष रविन लिङ्देनले भने, ‘प्रकाशको राष्ट्रप्रतिको त्यो लगाव उनको आफ्नो हैसियत अनुसार अरु कोहीभन्दा कम छैन। परिवर्तन विरोधीहरुले गलत प्रचार गरेता पनि उनी सिङगो राष्ट्रले सम्मान गर्न लायकका थिए।’

उनले यस्तो दुःखको घडीमा पनि शोकलाई शक्तिमा बदल्दै चुनावी कार्यक्रममा लाग्नुपर्ने अवस्था रहेको पनि बताए।

प्रकाशित ५ मंसिर २०७४, मंगलबार | 2017-11-21 18:30:33

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets