Galaxy Network

हराइरहेकी १७ वर्षीया विद्यार्थीको शव भिक्टोरिया हार्वरमा भेटियो



आइतबार दिउँसोबाट हराइरहेकी एक १७ वर्षीया विद्यार्थी भिक्टोरिया हार्वरमा मृत फेला परेकी छन्। फम सिक्समा अध्ययनरत मिड लेवलमा बसोबास गर्ने चिन यू यिङलाई हुमहममा पानीमा मृत अवस्थामा फेला पारिएको हो।

Alpha Travel

उनका अभिभावकले आफ्नो छोरी हराएको उजुरी प्रहरीमा दर्ता गराएको केही घण्टापछि नै उनको शव फेला परेको हो।

हङकङमा माध्यमिक स्कुले विद्यार्थीहरुले धमाधम आत्महत्या गर्ने प्रवृत्ति रहेकोले चिनको मृत्युलाई पनि आत्महत्यासंग जोडेर हेरिएको छ। तर प्रहरीले उनले आत्महत्या गरेको नगरेको बारे कुनै दस्तावेज प्राप्त नगरेको जनाएको छ। मृतकको शरिरमा कुनै चोटपटक लागेको पाइएको छैन।

चिन आफ्ना अभिभावकसंग मिड लेबलमा आलिशान बंगलामा बसोबास गर्थिन्। उनकी आमा सरकारी कार्यालयमा काम गर्ने कर्मचारी रहेको साउथ चाईना मर्निङ पोष्टले जनाएको छ।

 

प्रकाशित ५ मंसिर २०७४, मंगलबार | 2017-11-21 15:50:22

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

Special

NepalKhabar Tweets