हङकङ दौडमा रेकर्डमात्र होइन, जित्ने छौंः टिम नेपाल

Galaxy Network


अक्सफाम १०० किलोमिटरको दौडमा सहभागी हुन हङकङ आएका नेपाली धावक
अक्सफाम १०० किलोमिटरको दौडमा सहभागी हुन हङकङ आएका नेपाली धावक

शुक्रबार बिहान शुरु हुने अक्सफाम एक सय किलोमिटरको दौड टिम नेपालले जित्ने आशा ब्यक्त गरेको छ। नेपालले जित्नेमा आशावादी नेपाली टोलीको नेतृत्वकर्ता पूर्ण तामाङले नेपालखबरसँग भने, ‘जित्नैको लागि दौड्ने हो। हाम्रो पहिलो लक्ष्य यहि हो।’

Alpha Travel

जितका लागि नेपाली टोली मानसिक र शारीरिक दुवै हिसावले तयार भएको बताउँदै शतप्रतिसत विश्वस्त रहेको दावी गरे। ‘यसो गर्दा रेकर्ड ब्रेक भए सुखद क्षण हुनेछ’ तामाङले भने, ‘तर किर्तिमान भङ्ग गर्ने तर्फ हामीले सोचेका छैनौ।’

डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाली टिममा तामाङका अलावा समीर तामाङ, तीर्थ तामाङ, बेद सुनुवार छन्। यसैगरी जगेडाका रुपमा उत्तम खत्री छन। गत बर्ष समीर शान्ति सेनामा गएकाले भीम गुरुङ टिममा सम्मिलित थिए।

यो टिमले गत बर्ष ११ घन्टा १ मिनेटमा निर्धारित दुरी पार गरेको थियो। यो प्रतियोगितामा हालसम्म १० घण्टा ५८ मिनेटको कीर्तिमान रहेको छ। यो रेकर्डपनि पनि नेपाली धावकहरुले नै राखेका हुन्।

निकै लोकप्रियता प्रसिद्धि पाएको अक्सफाम ट्रैल रेसका ‘हट फेबरेट’ को रुपमा टिम नेपाल रहेको छ। चार जनाको एक टिम रहने उक्त दौडमा ३७०० टिमले १३०० स्पर्धाको लागि आबेदन दिएका छन्।

यो दौड शुक्रबार बिहान ८ बजे साईकुङबाट शुरु भएर चुनमुनको डाँडाँकाडा छिचोल्दै निउ टेरिटोरी, काउलुन हुँदै युनलोङको पो लेङ कुक जक्किक्लबमा समाप्त हुनेछ।

टिम नेपालका सबैजना नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग सम्बद्द छन्। नेपालको हाई अल्टिच्युडमा तालिम गरेकाले हङकङमा खासै समस्या नआउने धारणा टिम नेपालको छ।

१ सय किमी तर्फका स्पेसलिष्ट तीर्थ भन्छन् ‘जित्न त सजिलै जितिन्छ। तर रेकर्ड ब्रेक चाहिँ सोचेका छैनौ। दौडको परिस्थिति अनुसार रणनीति अपनाउनेछौं।’

टिम नेपालका धावकहरुका क्रेडेन्सियल्स

तीर्थ तामाङ

राष्ट्रियतर्फ–पाथीभरा, काठमाडौ , एभरेस्ट, अन्नपूर्ण म्याराथनमा पदक बिजेता। अन्तर्राष्ट्रितर्फ– अक्सफाम हङकङ, भाइबराम हङकङ १०० किमी युटिएमआर फ्रान्स, दालिसिटी चीन, स्काईरनिङ ईटलीमा बिजेता

समीर तामाङ

राष्ट्रियतर्फ–पाथिभरा, एभरेस्ट, अन्नपूर्ण म्याराथनमा पदक बिजेता। अन्तर्राष्ट्रियतर्फ– अक्सफाम हङकङ, टिडिएस फ्रान्स १ सय २० किमी, स्काई रनिङ एसियन च्याम्पियन, स्काईरनिङ अष्ट्रेलियामा बिजेता

पूर्ण तामाङ

राष्ट्रियतर्फ–पाथिभरा, काठमाडौ, एभरेस्ट, अन्नपूर्णमा पदक बिजेता। अन्तर्राष्ट्रियतर्फ– अक्सफाम हङकङ, नर्थफेस १०० किमी बिजेता

बेद सुनुवार

राष्ट्रियतर्फ– पाथीभरा, एभरेस्ट, अन्नपूर्णमा पदक बिजेता। अन्तर्राष्ट्रियतर्फ– अक्सफाम हङकङ, नर्थफेस ५०किमी, दालिसिटी चीन ५० किमी बिजेता

उत्तम खत्री

अक्सफाम हङकङको २००६, २०१३ र २०१४ को बिजेता

प्रकाशित ३० कार्तिक २०७४, बिहिबार | 2017-11-16 22:43:47

author photo

मगेन्द्र राई हङकङस्थित नेपालखबर संवाददाता हुन्

@RaiMagendra

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets