हङकङमा भेटियो नेपाली शैलीको कुटी



ब्रिटिश गोर्खा सैनिकका लागि पूजा गर्न निर्माण गरिएका दशौँ वर्ष पुराना हिन्दु मन्दिर भेटिएसँगै हङकङमा गणेश र साँढेका मूर्ती पनि फेला परेका छन्। हङकङका गोर्खा भूतपूर्व सैनिकहरूले हिन्दु मन्दिरसँगै गणेश र साँढेको मूर्ती कुँदिएको हुनसक्ने अनुमान गरेका छन्।

हङकङको प्रख्यात पर्यटकीय कृषि अध्ययन केन्द्र कादुरी फर्म एन्ड बोटानिक गार्डेनको प्रवेशद्वार नजिकै हिन्दु मन्दिर शैलीमा बनाईएको कुटी छ। सरसफाई नगरिएको कुटीको ढोकै अगाडि दायाँतिर साँढे र बायाँतिर गणेशका मूर्तीले पहरा दिइरहेका छन्। यो नेपाली शैलीमा बनाइएको शीव मन्दिरसँग ठ्याक्क मिल्छ। तर कुटी अगाडि राखिएको शिलालेखमा त्यसलाई हिन्दु मन्दिर उल्लेख गरिएको छैन।

यो पनि पढ्नुस्–

हङकङका चित्ताकर्षक गोर्खा हिन्दु मन्दिर संरक्षणमा चिनियाँ चासो

शिलालेखमा बताइए अनुसार लामस्युङ भ्याली सडकमा हिंड्ने गाडी चालकहरुलाई आराम गर्न कृषि फर्मको बाहिरपट्टि सन् १९६० मा यो कुटी बनाइएको थियो। पछि कादुरी फर्ममा उत्पादन हुने कृषिजन्य सामाग्री ओसार्न आउने कामदारहरुले आराम गर्ने थलोको रुपमा पनि यसको उपयोग गर्न थाले। तर यो कुटीको अगाडि किन गणेश र साँढेले पहरा दिएका हुन् भन्ने त्यस शिलालेखमा कतै खुल्दैन।

नेपाली शैलीको यो कुटीबारे आधिकारिक जानकारी पाइँदैन। एक जना पूर्व गोर्खा सैनिक चाहिँ चालिसको दशकमै बेलायती सेनाको हैसियतमा हङकङ छिरेका नेपालीहरुले यो कुटी बनाएको हुनसक्ने अनुमान गर्छन्। उनले त्यस्तो अनुमान गर्नुको कारण छ। हङकङमा सन् १९६० मा नेपाली गोर्खा सैनिकहरुलाई पुजापाठ गर्न ८ वटा ब्यारेकमा हिन्दु मन्दिर निर्माण गरिएको थियो। ती मन्दिर अहिले पनि छँदैछन्। त्यसमध्ये क्विन्स हिल फाङलिङ ब्यारेकमा बनाइएको हिन्दु मन्दिरलाई हङकङ सरकारको पुरातात्विक र स्मारक कार्यालयले हालसालै पुरातात्विक महत्वको थलोको रुपमा मान्यता दिएर जगेर्ना गर्ने निर्णय समेत गरेको छ।

हङकङको सबैभन्दा अग्लो चुचुरो टाईमोशनको उत्तरतर्फको भिरालोमा अवस्थित कादुरी फर्म टाईपो शहर नजिक पर्दछ। यो क्षेत्र कुनै बेला गोर्खा सैनिकहरुका निम्ति हाइकिङ र तालिम स्थल रहेको बताइन्छ।

अवकाश पश्चात नेपाल फर्केर आत्मनिर्भर बनुन् भनेर बेलायती सेनामा कार्यरत नेपाली गोर्खा सैनिकहरुलाई कादुरी फर्ममा कृषि सम्बन्धि तालिम पनि दिइन्थ्यो। १४८ हेक्टर जमिनमा फैलिएको सामुद्रिक सतह देखि १८०० फिट उचाईमा रहेको कादुरी अर्गानिक कृषि फर्म यहुदी मूलका कृषक होरेस कादुरीले सन् १९५६ मा बनाएको उल्लेख छ, जसको उद्देश्य किसानहरुलाई सहयोग गर्ने, स्थानीयलाई घुम्ने र शैक्षिक जानकारी दिने थियो। सन् १९५१ मा स्थापित कादुरी एग्रिकल्चर एण्ड एजुकेसनले ८ किमी गोरेटो र ९ किमी पक्की सडक रहेको यो फर्म बनाएको थियो।

हिटलरको कोपभाजनबाट बचेर युरोपबाट भागेका शरणार्थीलाई सहयोग गर्न यसका संस्थापक कादुरीले सन् १९३७ मा सांघाई यहुदी युथ एसोसियसन स्थापना गरेका थिए। चीनको सांघाईमा बसिरहेका कादुरी हङकङ स्थानान्तरण भएपछि स्थानीय कृषकलाई सहयोग गर्न जुटेका थिए।

कादुरी र उनको संस्थाले नेपालमा पनि लामो समयदेखि काम गर्दै आइरहेको छ।

प्रकाशित १९ पुस २०७३, मंगलबार | 2017-01-03 17:40:56
author photo

जेवी पुन मगर नेपालखबर हङकङ सम्पादक हुन्


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...