बेलायतीलाई नेपाल आउन एक दिनमै भिसा



नेपालमा बेलायती पर्यटकको संख्या बढाउन र उनीहरुको भ्रमणलाई सहज बनाउन बेलायतको नेपाली राजदूताबासले आवेदन बुझाएकै दिन नेपालको भिषा उपलब्ध गराउने भएको छ। अध्यागमन सेवालाई चुस्त बनाउँदै नयाँ वर्षको १ जनवरी २०१७ देखि यो नियम लगू हुने नेपाली दूताबास लण्डनले जनाएको छ।

विदेशमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने क्रममा लण्डनस्थित नेपाली दूताबासले बेलायत सहित चार मुलुकमा बसोबास गर्दै आएका नेपालीको विवरण संकलनको काम सुरु गरेको छ। दूतावासले बेलायत, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीलाई आफ्नो र परिवारका सदस्यको विवरण पठाउन आग्रह गरेको छ। दूताबासले सम्बन्धित देशका गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई नेपालीको विवरण संकलनमा सहयोग गर्न आग्रह गरेको छ। विवरण संकलनका लागि दूताबासले फारमको नमुना आफ्नो वेब साइटमा राखेको छ।

दूताबासले राहदानी, वारेसनामा लगायत कन्सुलरसम्बन्धी सेवा लिँदा बुझाउनु पर्ने रकम पनि बैंकमा बुझाएर भौचर सहित दूताबासमा सम्पर्क गर्न आग्रह गरेको छ। कारणवश बैंकमा रकम जम्मा गर्न कठिनाई भएको अवस्थामा केही समयको लागि दूताबासमा नगद शुल्क बुझाउन सकिने जनाइएको छ।

प्रकाशित १६ पुस २०७३, शनिबार | 2016-12-31 10:47:53

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ‘प्रशंसैप्रशंसा पाउनलाई म धार्मिक गुरु होइन’

    नेपाली हास्यव्यंग्य क्षेत्रमा जमेको नाम हो– दिपकराज गिरी । हास्य सिरियल हुँदै अहिले फिल्मसम्म उनी जमिरहेका छन् । नेपालखबरले सोमबार बिहान–बिहानै...

  • संसद बैठक ( फाइल )

    सदनमा संविधान संशोधन पक्ष-विपक्षबीच घोचपेच

    व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदले दोस्रो संशोधन ‘बेमौसमको बाजा’ भएको भन्दै कटु आलोचना गरे भने...

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...