मुए थाई बक्सिङ विजेता घले भन्छन्, ‘नेपालीमा खुसी बाँड्न चाहन्छु’



शुक्रबार हङकङमा भएको मुए थाइ बक्सिङ भिडन्तमा हङकङका स्टेफन चानलाई हराएर मिलन घले वीजयी भएका छन्। हङकङको वानचाईस्थित साउद्रेन रंगशालाको ईनडोर एरिनामा शुक्रबार साँझ ‘स्टार्ज वार’ मुअय थाई बक्सिङ भिडन्तमा १७ वर्षीय नेपाली व्यावसायिक खेलाडी मिलन घलेले हङकङका प्रतिद्वन्द्वी स्टेफन चानलाई पराजित गरेका हुन्।

नेपालको प्रतिनिधित्व गर्दै इम्पाक्ट क्लबको रातो हाफ पाईन्टमा लाईट वेल्टर वेट तौल समूहमा रिङमा उत्रेका मिलन घले तिन राउन्डको भिडन्तको पहिलो राउन्डमा निकै आक्रामक रणनीति अपनाए पनि असरदार देखिएन।

तर दोस्रो राउन्डमा रणनीति परिवर्तन गरि ‘डिफेन्सिव काउन्टर अट्याक’ गर्न थालेपछि निशानामा प्रहार गर्न सफल भए। तेक्वान्दोबाट थाई बक्सिङमा प्रवेश गरेका घलेले प्रतिद्वन्द्वीलाई क्रस ज्याब, पुसिङ तथा साईड लो हाई किक, कुहिना, घुडा प्रहार गरि दोश्रो र तेस्रो राउन्ड आफ्नो पक्षमा पार्दै जित हात पारेका हुन्।

उनले प्रतियोगिताका लागि दैनिक ५–६ घन्टा कठिन मेहनत गरेका थिए। थाईल्यान्डमा तीन र हङकङमा तीन भिडन्तमा सहभागी घलेले चार पटक जितको रेकर्ड कायम गरेका छन्।

‘यो जितले म अझ उत्प्रेरित भएको छु र भविष्यमा विश्व विजेता बनेर नेपालको नाम झन् चम्काउँदै नेपालीहरुलाई खुशी बाँडने लक्ष राखेको छु’ हङकङमा वीजयी भए लगत्तै शुक्रबार घलेले भने।

बक्सिङमा चार पटक विश्व विजेता बनिसकेका एलियन ङलनीद्वारा हङकङको सेन्ट्रलमा सञ्चालित ईम्पाक्ट एकाडेमी अफ मिक्स्ड मार्सल अर्ट्समा तालिम लिइरहेका घले पर्सनल ट्रेनरको रुपमा समेत कार्यरत छन्।

हङकङ नेसनल तेक्वान्दो च्याम्पियन समेत बनिसकेका घलेले भविष्यमा बक्सिङ वा एमएमएमा प्रवेश गर्ने लक्ष राखेका छन्।

प्रकाशित ३ पुस २०७३, आइतबार | 2016-12-18 11:21:41
author photo

मगेन्द्र राई हङकङस्थित नेपालखबर संवाददाता हुन्

@MagendraRai


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...