१३ भिसी विजेता गोर्खाको तस्बिर लन्डन दूतावासमा राखिने



लन्डनमा रहेको नेपाली दूतावासको कार्यालयमा १३ जना भिसी विजेता गोर्खाको तस्बिर राखिने भएको छ। बेलायत र नेपालबीचको दौत्य सम्बन्ध २ सय वर्ष पुगेको उपलक्ष्यमा आयोजित महोत्सवको समापनमा समारोहमा मिलिट्री अवार्ड भिक्टोरिया क्रस पाउने भूपु गोर्खाहरुको तस्बिर राख्न लागिएको हो।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले उक्त पदक प्राप्त गर्ने गोर्खाको तस्बिर स्थायी रुपमै दूतावासमा राख्न लागिएको बताए। उनका अनुसार दुतावासको हलमा तस्बिर अनावरण गरेर राखिनेछ।

सम्बन्धको दुई वर्ष पुगेको उपलक्ष्यमा बेलायतमा २०१७ को मार्च महिनासम्म सप्ताहव्यापी महोत्सव हुने जनाइएको छ। महोत्सवमा गोर्खा भिसी विजेताहरुको तस्बिर अनावरण, पेन्टिङ तथा फोटो प्रदर्शनी, पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव लगायतका कार्यक्रमहरु हुनेछन्। त्यस्तै महोत्सवमा नेपाली फुड फेस्टिबल, नेपाल ब्रिटेन सम्बन्धबारे अन्तरक्रिया पुस्तक विमोचन लगायतका कार्यक्रमहरु पनि हुनेछन्।

महोत्सवमा बेलायती राजदरबार र सरकारबाट उच्चस्तरिय प्रतिनिधिहरुको समेत सहभागिता हुने बताइएको छ।

प्रकाशित २७ मंसिर २०७३, सोमबार | 2016-12-12 11:42:16

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...