हेलिकोप्टर दुर्घटनामा तीन सैनिक अधिकारीको मृत्यु



भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत दार्जीलिङको सुकनामा हेलिकोप्टर दुर्घना हुँदा तीन सैनिक अधिकारीको मृत्यु भएको छ। सेनाका अधिकारीहरू लिएर गइरहेको हेलिकोप्टर दुर्घटना हुँदा तीनजना अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा सञ्जीव लथार, मेजर अरबिन्द बजाल, लेफ. कर्णल रञ्जिस कुमारको मृत्यु भएको छ। सुकना मिलिटेरी बेस क्याम्प नजिक दिउँसो साढे ११ बजेतिर दुर्घटना भएको हो। उक्त हेलिकोप्टर आर्मी एविएसन कर्पको रहेको बताइएको छ।

हेलिकोप्टर नियमित उडानमा सिलगढी नजिकबाट निस्किएको थियो। हेलिकोप्टरले उडान भरेर निस्किएपछि ल्याण्ड गर्न लागेको समय यो दुर्घटना भएको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन। 

प्रकाशित १५ मंसिर २०७३, बुधबार | 2016-11-30 18:38:01

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...