हिमपातका कारण सिक्किममा एकैपटक हजार चौरी मरे (भिडियो)



उत्तर सिक्किममा करिब एक हजार चाैरी मरेका उत्तर सिक्किम जिल्ला प्रशासनले बताएको छ।

शुक्रबार (वैशाख २८ गते) उत्तर सिक्किमको मुकुथाङमा चौरीहरू मरेको घटना प्रकाशमा आएपछि जिल्ला प्रशासनले सतर्कता देखाएकाे छ। अत्यधिक हिमपातको कारण खाद्यान्न्न कमीले ती चौरीहरूको मृत्यु भएको उत्तर जिल्ला प्रशासनले जनाएको छ।

यद्यपि प्रतिदिन चौरीहरूको मृत्युको सङ्ख्या बढिरहेको छ। उत्तर जिल्लाका अधिकारी राज यादवका अनुसार मृत चौरीको सङ्ख्या करिब एक हजारभन्दा अधिक भइसकेको छ। उनका अनुसार जिल्ला प्रशासन र पशु विशेषज्ञ एक टोली मुकुथाङ र लुमथाङ पुगिसकेको छ।

जिल्ला प्रशासनको टीमले बाँचेका चौरीहरूको उपचार गर्नका साथै खाद्यान्न दिन शुरु गरेको छ। मुकुथाङ र लुमथाङमा बाँचेका अन्य चौरीहरूको अवस्था पनि सोचनीय रहेको बताइएको छ। यद्यपि यी चौरीहरूलाई बचाउन प्रशासनले उपचार र खाद्यान्नको व्यवस्था गरिरहेको छ।

शुक्रबार एकै ठाउँमा करिब तीन सय चौरी मृत भेटिएपछि उत्तर जिल्ला प्रशासन सतर्क बनेको थियो। मुकुथाङ र लुमथाङको हिउँले ठाकिएका अन्य ठाउँहरूमा थप चौरीहरू मरेको हुनसक्ने त्यसबेला जिल्ला प्रशासनले आशङ्का जताएको थियो।

यादवका अनुसार पछिल्लो दिसम्बर महिनादेखि अत्यधिक हिउँ परेपछि ती चौरीहरू एक ठाउँ थुनिएका थिए। जसको फलस्वरूपमा खाद्यान्नको कमीले यति धेरै सङ्ख्यामा चौरीको मृत्यु भएको हो।

यद्यपि अत्यधिक हिउँको कारण खाद्यान्नको कमीले चौरीहरूको मृत्यु भएको कारणसँग धेरै सहमत छैनन्।

चीनको सीमादेखि जोड़िएको उत्तर सिक्किममा भारतीय सेनाले आफ्नो चौकी विस्तार गरेदेखि चौरीहरूको चरण क्षेत्र मासिँदै गएकोले चौरीको मृत्यु प्रतिवर्ष भइरहेको उषा लाचुङ्पा बताउँछिन्। उनी वन विभागकी अवकाशप्राप्त प्रिन्सिपल चिफ रिसर्च अफिसर हुन्।

अत्यधिक हिमपातले खाद्यान्नको कमीका कारण चौरीहरू प्रतिवर्ष चौरीहरू मर्दै आएको कुरालाई उनले स्वीकारे तापनि चौरीहरूको ठूलो मात्रमा मासिँदै जानुको कारण उत्तर सिक्किममा सेनाको चौकी र ढाँचागत विकासलाई प्रमुख मान्छिन्।

‘चौरी चर्ने धेरजसो ठाउँमा सेनाले आफ्नो क्याम्प बनाएपछि हरियो घाँसपात मासिएको छ’, उनले थपिन्, ‘घाँसपात मासिएपछि चौरीहरूका लागि खाद्यान्नको अभाव हुनु स्वाभाविकै हो।’

उनका अनुसार विभागबाट चौरीहरूले खाद्यान्न व्यवस्था गरेको खण्डमा पनि ती खाद्यान्न चौरीसम्म सटिक रूपले पुग्ने कुरामा शङ्का छ। किनभने चौरीहरू उच्च स्थानमा रहने हुनाले त्यहाँसम्म खाद्यान्न पुग्न कठिन छ।

‘हिमालको गहना नै चौरी हो। चौरी नै नरहेपछि हिउँको के अर्थ?’, उनी भन्छिन्, ‘चौरीहरू बचाउन विभागले सटिक पहल गर्नुपर्छ।’ अहिले उत्तर सिक्किमको उच्च हिमाली स्थानमा चौरीसँगै चौरी पाल्दै आएका ‘डोक्पा’ समुदायको पनि अस्तित्व सङ्कटमा परेकाे उषा बताउँछिन्।

यसभन्दा अधि १९९४ सालमा पनि चौरी मरेको घटना उनी सम्झिन्छन्। यद्यपि त्यसबेला अहिलेको जस्तो धेरै सङ्ख्यामा भने चौरीहरू मरेका थिएनन्। साथै चौरी मात्र होइन, तर उत्तर सिक्किममा पाइने अन्य वन्यपशु नै विलुप्त बन्दै गइरहेको उनले बताएकी छन्।

अर्कोतिर मुकुथाङमा पेमा थिन्लेका पनि दर्जनौं चौरी मरेका छन्। वर्षौंदेखि चौरी पाल्दै आएका पेमा थिन्लेले नेपालखबरलाई बताएअनुसार उनका बाँचेका अन्य चौरीहरूको अवस्था पनि चिन्ताजनक छ।

‘यसरी भकाभक सयौं चौरी मरेको पहिलोपटक हो। वर्षमा ८-१० वटा चौरी हिउँले मर्ने गर्थे, तर यसपालि अस्वाभाविक रूपले सयाैं चौरी भकाभक मरे’, पेमा थप्छन्, ‘जति बाँचेका छन्, त्यसमध्ये धेरैजसाे कमजोर भएका छन्। आँखाबाट लगातार आँसु झारिरहेका छन्। ती चौरीहरू पनि बाँच्छन् जस्तो लागिरहेको छैन।’

उनका लगभग २०० चौरी छन्। रहल चौरीहरू बचाउनका लागि घाँसपातको जोहो गर्न उनी अहिले लागिपरेको बताउँछिन्।

प्रकाशित ३० बैशाख २०७६, सोमबार | 2019-05-13 14:56:11
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

शैलेन्द्र समदर्शीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।