अमेरिकाको नगरपालिका उपमेयरमा किरण सिटौला विजयी



किरण सिटाैला
किरण सिटाैला

मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक सहरको उपमेयरमा नेपाली मूलका किरण सिटौला विजयी भएका छन्। उनी दोस्रो पटक यो पदमा निर्वाचित भएका हुन्।

चुनाबी दौडमा सिटौलासहित ६ जना उम्मेदवार थिए। दलबिहीन स्वतन्त्र उम्मेदवार बनेका उनी दोस्रो सर्वाधिक मत पाउँदै उपमेयरमा विजयी भए। नगरपालिकाको निर्वाचन नियमअनुसार सबैभन्दा धेरै मत पाउने उम्मदेवार मेयर हुन्छ भने दोस्रो धेरै मत पाउने उपमेयर हुन्छ।

यसअघि सन् २०१५ मा पनि उनी सोही पदमा निर्वाचित भएका थिए। ४ हजार ५ सय परिवार बसोबास रहेको टाउन अफ इण्डियन हेडमा करिब ३ हजार मतदाता छन्। निर्वाचनमा ती मध्ये ४४२ मत खसेको थियो। सिटौलाले २०८ मत पाएर दोस्रो भए। ३०९ मतका साथ ब्राण्डन पौलिन मेयरमा विजयी भएका छन्। २०१५ मा सर्वाधिक मत ल्याएर नगर प्रमुख निर्वाचित उनी मेरिल्यान्डको इतिहासमै सबैभन्दा कान्छो मेयर बनेका थिए।

सिटौलाले निर्वाचनमा कसैसँग आर्थिक सहयोग उठाएनन्। नेपाली समुदायसँग आग्रह पनि गरेनन्। सञ्चार माध्यमभन्दा टाढा रहेर उनले चुनाबी गतिविधि सामाजिक सञ्जाल र घरदैलो केन्द्रित गरेका थिए।

चुनाबमा करिब १ हजार अमेरिकी डलर खर्च भएको उनले नेपालखबरलाई बताए। ‘यस्तो पदको लागि खासै खर्च आवश्यक पर्दैन, फन्ड राइजिङ पनि आवश्यक पर्दैन। सबै गरेर करिब १ हजार डलर जति खर्च भयो होला’, उनले भने, ‘त्यो पनि चुनाब सामग्री खरिद गर्दा भएको हो।’

२४ बर्ष अगाडी अमेरिका आएका ४५ बर्षका सिटौलाले ४ वर्षको कार्यकालमा विकासका काम गरेर विश्वास दिलाएको हुनाले नगरपालिकाको उपमेयरमा जनताले विजयी गराएको बताए। उनी काठमाडौंस्थित बुढानिलकण्ठ स्कूलका पूर्व विद्यार्थी हुन्।

प्रकाशित २५ बैशाख २०७६, बुधबार | 2019-05-08 10:30:00
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।