मेगनले छोरालाई जन्म दिएको ह्यारीको घोषणा



संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कललाई पुत्रलाभ भएकाे छ। विवाह भएको ११ महिनामा उनीहरूको पहिलो बच्चा छोरा जन्मिएको छ।

राजकुमार ह्यारीले आफूहरू दुवैजना एकदमै खुसी भएको भन्दै मेगन गर्भवती हुँदा सर्वसाधारणले देखाएको समर्थनका लागि धन्यवाद दिएका छन्।

उनले मेगन मार्कल र बच्चा राम्रो स्वास्थ्य अवस्थामा भएको बताएका छन्।

उनले नवजात शिशुको नामबारे अझै पनि सोचिरहेको बताएका छन्।

स्थानीय समय अनुसार बच्चाको जन्म ५ बजेर २६ मिनेटमा सोमवार भएको हो।

बकिङ्घम राजदरबारका अनुसार बच्चाको तौल ३ दशमलब २ केजी रहेको छ भने बच्चा जन्मँदा ड्यूक अफ ससेक्स उपस्थित थिए।

अहिले जन्मिएका शाही शिशु महारानीका आठौं पनाति हुन्।

आफ्नो छोराको जन्मपछि बोल्दै राजकुमार ह्यारीले आफूले सम्भवत कल्पनै नगरेको सुखद अनुभूति भएको बताएका छन्।

अहिले जन्मिएका यी बालक कहिले जन्मिने भन्नेमै धेरैलाई कौतुहलता थियो।

मेगनले अलि बढी खुलासा गर्दै बच्चा एप्रिलको अन्त्य वा मे महिनाको सुरुमा जन्मिने बताएकी थिइन्।

जन्मनु अघि छोरा हो की छोरी भन्नेबारे निकै अड्कलबाजीहरू भएका थिए।

ह्यारी र मेगनको जोडीले यसबारे पत्ता लगाएका थिए कि थिएनन् स्पष्ट थिएन, तर उनीहरूले यदि लगाएकै भए पनि आममानिसको जानकारीमा चाहिँ आएको थिएन।

मेर्सिसाइडमा गत ज्यानुअरीमा भएको शाही भ्रमणका बेला आफ्ना शुभचिन्तकमाझ मेगनले बच्चा छोरा हो कि छोरी भन्ने आफूहरूलाई पनि थाहा नभएको बताएकी थिइन्।

तर बाझी थाप्ने प्रशंसकहरूले चाहिँ आफूसँग जवाफ भएको र त्यो छोरी नै हो भन्ने थियो। बीबीसी

प्रकाशित २३ बैशाख २०७६, सोमबार | 2019-05-06 21:33:48
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।