धादिङ गजुरीकी युवती प्रीतिको सिलगढीमा अस्वाभाविक मृत्यु



मृतक प्रीति क्षेत्री
मृतक प्रीति क्षेत्री

धादिङ गजुरी घर भएकी प्रीति छेत्रीको भारतको दार्जिलिङ जिल्लास्थित सिलगढीमा अस्वाभाविक मृत्यु भएको छ। सिलगढी प्रधान नगर प्रहरीका अनुसार बिहीबार अपरान्ह घरभित्रै झुण्डिरहेको अवस्थामा प्रीतिको शव बरामद गरिएको हो।

करिब १३–१४ वर्षकी छोरीको मृत्युको सूचना पाएलगत्तै पिता वेदबहादुर अधिकारी र उनका छोरा शुक्रबार बिहानै सिलगढी आइपुगेका थिए।

सिलगढीको उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गरेपछि प्रहरीले प्रीतिको शव परिवारलाई बुझाएको छ भने घटनाबारे अनुसन्धान शुरु गरेको छ।

सिलगढीस्थित उत्पलनगर निवासी कल्पना देवी शर्माले साथी हुने र पढाइ दिने भनेर प्रीतिलाई एकवर्ष अघि सिलगढी ल्याएकी थिइन्। कल्पनाका पतिको पहिले नै मृत्यु भैसकेको थियो भने उनका तीन छोरी नोकरीका कारण बाहिर छन्।

प्रीति स्थानीय सिसाबारी प्राथमिक पाठशालामा ४ कक्षामा पढ्थिन।। प्रहरीका अनुसार कल्पना र प्रीति भाडाको एउटा घरमा बस्दै आएका थिए।

प्रकाशित २० बैशाख २०७६, शुक्रबार | 2019-05-03 21:26:12
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

शैलेन्द्र समदर्शीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।