रेलको लिकमा उभिएर सेल्फी लिँदा भारतमा तीन किशोरको मृत्यु



फाइल तस्बिर
फाइल तस्बिर

भारतको हरियाणामा रेलमार्गमा उभिएर सेल्फी खिच्दा तीन किशोरीको मृत्यु भएको छ।

हरियाणा राज्यको पानीपतमा रेलको लिकमा उभिएर सेल्फी लिँदै गरेका तीन किशोरीको रेलले किचेर मृत्यु भएको हो। प्रहरीका अनुसार सेल्फी लिँदै गरेका चौथा व्यक्ति भने जोगिएका छन्।

प्रत्यक्षदर्शी एमएस डबासका अनुसार चारैजना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै थिए। त्यही वेला तीव्रगतिमा आएको रेलले तीनैजनालाई किचेको हो। उनीहरुको नाम भने खुलाइएको छैन।

भारतमा किशोर–किशोरी र युवा–युवतीले खतरा मोलेर विभिन्न पोजमा सेल्फी लिँदा दुर्घटना बढ्दै गएको छ।

दिल्लीस्थित कार्नेजी मेलन युनिभर्सिटी र इन्द्रप्रस्था इन्स्टिच्युट अफ इन्फरमेसनका अनुसार पछिल्ला वर्षमा भारतमा सबैभन्दा बढी सेल्फीसँग सम्बन्धित घटनामा मानिसको मृत्यु हुने गरेको छ।

सन् २०१४ देखि २०१६ सम्म सेल्फीसँग सम्बन्धित घटनामा विश्वभर १२७ को मृत्यु भएको थियो । तीमध्ये ७६ जना भारतीय थिए । मृत्यु हुनेमध्ये सबै युवायुवती थिए ।

गतवर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिने क्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । तर, सेल्फी लिने क्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ।

प्रकाशित १९ बैशाख २०७६, बिहिबार | 2019-05-02 10:00:29
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।