जापानमा होटल व्यवसाय गरिरहेका नेपाली युवाको निधन



जापानमा होटल व्यवसाय गर्दै आएका एक नेपाली युवाको आकस्मिक निधन भएको छ।

चितवन घर भई हाल जापानको चिबामा होटल व्यवसाय गर्दै आइरहेका बिपिन धितालको आइतबार अस्वभाविक रुपमा निधन भएको हो।

खान बनाउँदै गरेका उनी एक्कसी लडेपछि बेहोस बनेका थिए। उनको सोही स्थानमै निधन भएको बताइएको छ। मृत्युको कारण नखुले पनि हृदयघातका कारण उनको निधन भएको हुनसक्ने अनुमान गरिएको छ।

श्रीमतीसहित जापान बस्दै आएका उनी लिभरको समस्याबाट समेत पीडित रहेको बताइएको छ।

सुरुमा कुक भिसामा जापान आएका उनी पछि आफ्नै होटल सञ्चालन गरेर बसेका थिए। उनका एक छोरा र छोरी रहेको र उनीहरु नेपालै रहेको उनका दाजु बिनोद धितालले जानकारी दिए।

उनको शव अहिले अनुसन्धानका लागि चिबाकै नोदा प्रहरी चौकीमा राखिएको र सोमबार दिउँसो ३ बवे परिवारका सदस्यलाई चौकीमा बोलाईएको दाजु बिनोदले बताएका छन्।

प्रकाशित १६ बैशाख २०७६, सोमबार | 2019-04-29 17:15:08
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।