दार्जिलिङ यसरी भत्कियो लोकसभा निर्वाचनको त्यो एकता



विनय तामाङ (वायाँ) र निरज रुम्बा
विनय तामाङ (वायाँ) र निरज रुम्बा

पश्चिम बंगालमा शासन गरिरहेको ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेस विरुद्ध लोकसभा निर्वाचनमा एक देखिएका दार्जिलिङका राजनीतिक दलहरु विधानसभा उपनिर्वाचनमा विभाजित हुन पुगेका छन्।

पश्चिम बंगाल विधानसभा सदस्य रहेका गोर्खा जनमुक्ति मोर्चा (विनय तामाङ समूह) का अगमसिँह राई त्रिणमूल कांग्रेसबाट लोकसभा उम्मेदवार भएपछि खालि रहेको विधानसभा सिटका लागि हुन लागेको उपनिर्वाचनमा दार्जिलिङका प्रमुख राजनीतिक दलहरुबीच विभाजन देखिएको हो।

विधान सभा उपनिर्वाचन १९ मे (५ जेठ) मा हुँदैछ। यो उपनिर्वाचनमा तृणमूल कङ्ग्रेस समर्थित स्वतन्त्र उम्मेदवार विनय तामाङ र साझा सहमतिका भाजपा उम्मेदवार नीरज जिम्बाबीच सोझो भिड़न्त हुने देखिएको छ। तामाङ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको बोर्ड अफ एड्मिनिस्टेटर (बीओए) बाट राजीनामा दिएर चुनाउ लड़िरहेका छन्, जिम्बा गोरामुमोका प्रवक्ता हुन्।

चुनावी मैदानमा जनआन्दोलन पार्टीका उम्मेदवार अमर लामा, मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) का केबी वातरलगायत अन्य पनि छन्। तर कड़ा टक्कर विनय तामाङ र नीरज जिम्बाबीच हुने देखिएको छ।

लोकसभा निर्वाचनमा विनय तामाङ पक्षबाहेक सबैको समर्थन भाजपा उम्मेदवार राजु बिष्टले पाएपनि त्यही स्तरको समर्थन यस पटक नपाउँदा भाजपा उम्मेदवार नीरज जिम्बा केही कमजोर जस्तो देखिएका छन्। क्षेत्रीय राजनीतिमा राष्ट्रिय पार्टी अस्वीकार्य हुने भन्दै गोर्खाल्याण्ड प्राप्तिलाई प्रमुख मुद्दा बनाएको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) र गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले भाजपा उम्मेदवारलाई उपनिर्वाचनमा समर्थन नगर्ने घोषणा गरेपछि लोकसभा निर्वाचनमा बलियो देखिएको भाजपा विधान सभा उपनिर्वाचनमा केही कमजोर देखिन पुगेका हुन्।

यो घटनाले केपनि देखाएको छ भने, लोकसभा निर्वाचनका बेला निर्माण भएको ‘गोर्खा एकता’ विधानसभा निर्वाचनको प्रक्रिया सुरु हुँदानहुँदै भत्किन पुगेको छ। खासमा लोकसभा निर्वाचनका बेला देखिएको त्यो एकता एकप्रकारको बाध्यता पनि थियो।

कुनै हालतमा पनि तृणमूल कङ्ग्रेसलाई पराजित गर्नुपर्ने विश्लेषणका साथ दार्जिलिङका राजनीतिक–गैर राजनीतिक सङ्गठनहरु एकजुट बनेका थिए। पश्चिम बंगालमा सत्तामा रहेको त्रिणमूल कांग्रेसको दमनका कारण गोर्खा समुदायले आफूभित्रका स्वार्थ र महत्त्वाकांक्षा जबर्जस्ती दबाएका थिए। ती स्वार्थ र महत्त्वाकांक्षा यो विधानसभा निर्वाचनमा फेरि सतहमा आएको छ।

लोकसभा निर्वाचनमा देखिएको एकता विधानसभा निर्वाचनमा आइपुग्दा भत्किन पुगेपछि आगामी उपनिर्वाचनमा यसले प्रभाव पार्ने देखिएको छ।

गोर्खाल्याण्डको मुद्दा सल्टिन नसक्दा यहाँको क्षेत्रीय राजनीतिमा पस्ने मार्ग खोजिरहेको भाजपाले त्यो मौका पाइसकेको छ। दार्जिलिङको राजनीतिमा भाजपाको प्रवेशप्रति क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) र गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस) दुबै खुशी छैनन्। अर्थात् दार्जिलिङका राजनीतिमा प्रवेश गर्ने भाजपाको रणनीतिका कारण गोर्खा समुदायबीच पछिल्लो समय देखिएको एकता अब भत्किन पुगेको छ।

क्रामाकपा र जीएसएसएसको भनाइ एउटै छ– दार्जिलिङ विधानसभा निर्वाचन क्षेत्रीय मुद्दाका लागि लडिने निर्वाचन हो, त्यसैले उम्मेदवार पनि क्षेत्रीय पार्टीबाटै उम्मेदवार हुनुपर्छ। उनीहरुका भनाईमा, भाजपालाई दार्जिलिङको क्षेत्रीय राजनीतिमा मौका दिनु र उसैको उम्मेदवार बनाइनु दार्जिलिङको क्षेत्रीय मुद्दाका लागि घातक हो।

‘दार्जिलिङको क्षेत्रीय मुद्दा भाजपाले बोक्दैन, त्यसैले हामीले नीरज जिम्बालाई समर्थन नगर्ने निर्णय गरेका हौँ’ क्रामाकपा निर्वाचन कमिटीका संयोजक किशोर प्रधान भन्छन्, ‘क्षेत्रीय राजनीतिमा राष्ट्रिय पार्टीलाई मिसाउँदा हाम्रा मुद्दाहरू ओझलमा पर्नेछन्। किनभने गोर्खाल्याण्डको मुद्दा उठाउने सबै क्षेत्रीय दल थिए र भविष्यमा पनि क्षेत्रीय पार्टीले नै गोर्खाल्याण्डको मुद्दा उठाउनेछन्।’

क्रामाकपाको जस्तै अड़ान जीएसएसएसको छ। जीएसएसएस अध्यक्ष किरण बिके भन्छन्, ‘दार्जिलिङ विधानसभा चुनाउका लागि क्षेत्रीय पार्टीबाटै उम्मेदवार हुनुपर्ने थियो, त्यसो हुन सकेन। भाजपाले दार्जिलिङका मुद्दाहरूलाई सम्बोधन गर्दैन।’

लोकसभा निर्वाचन गोर्खा प्रतिनिधि र गोर्खाहरूको बृहत्तर हितलाई ध्यानमा राखेर भाजपालाई समर्थन गरिएको दुबैको भनाइ छ।

लोकसभाले बनाएको गोर्खा एकता विधानसभाले भत्काएकोमा किरण बिके चिन्तित छन्। गठबन्धनमा रहेका एकाध दलहरूले आफ्नो स्वार्थ त्याग्न नसकेको र भाजपालाई क्षेत्रीय राजनीतिको प्रतिनिधि बनाउने निर्णय ती दलले लिएपछि गोर्खा एकता धरापमा परेको उनको भनाई छ।

भाजपालाई सघाउनुपर्ने विमल गुरुङहरूको आफ्नै बाध्यता छ। गुरुङमाथि यतिधेरै मुद्दा छन् कि त्यसबाट बचेर दार्जिलिङ फर्किन सक्ने एकमात्र उपाय उनीहरुले भाजपासँगको आवद्धता देखिरहेका छन्।

अर्कातिर गोर्खा राष्ट्रिय मुक्तिमोर्चा (गोरामुमो) को स्वार्थ आफ्नो गुमाएको राजनीतिक धरातल पुनः प्राप्त गर्नु हो। २१ वर्षसम्म दार्जिलिङ पहाड़मा शासन चलाएको गोरामुमो विमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाको उदय भएपछि सत्ताच्युत हुन पुगेको थियो। यसका नेता–कार्यकर्तापनि सीमित हुन पुगेका थिए। अहिले यो पार्टी विस्तारै आफ्नो प्रभाव बढाउने क्रममा छ।

दुई दुईपटक ममता बेनर्जीलाई सघाउँदा पनि भनेजस्तो लाभ हासिल नभएपछि दार्जिलिङमा आफ्नो प्रभाव विस्तार गर्न गोरामुमो भाजपातिर फर्केको हो। गोरामुमोलाई लाग्छ, यो समर्थनले पार्टीलाई दुरगामी फाइदा दिनेछ। भाजपाबाटै उम्मेदवार बन्दा तात्कालिक फाइदा हुने भएकाले पनि गोरामुमोका प्रवक्ता भाजपाबाट उम्मेदवार बनेका हुन्।

प्रकाशित १४ बैशाख २०७६, शनिबार | 2019-04-27 18:36:36
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

शैलेन्द्र समदर्शीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...