दुबईमा धुर्मुस–सुन्तलीको कार्यक्रमबाटै पक्राउ परे एनआरएन यूएईका अध्यक्ष



गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ पक्राउ परेका छन्।

शुक्रबार दुबईमा भइरहेको धुर्मुस–सुन्तली साँझमा सहभागी भएका उनलाई कार्यक्रमबाटै प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउको कारणबारे केही नखुले पनि कसैले प्रहरीमा दिएको उजुरीका आधारमा आफूलाई पक्राउ गरिएको र असोधुपुछ भइरहेको उनले जनाकारी दिए।

पक्राउ परेपछि उनले म्यासेन्जरबाट जानकारी दिँदै सोधपुछका लागि आफूलाई प्रहरीले नियन्त्रणमा लिएको र अहिले सोधपुछ भइरहेको बताएका छन्।

उनको पक्राउबारे कार्यक्रम आयोजक चितवन समाज यूएईले पनि कुनै प्रतिक्रिया दिएको छैन।समाजका अध्यक्ष पर्शुराम घिमिरेले अध्यक्ष श्रेष्ठ पक्राउ परेको बारे आफूले आज (शनिबार) बिहान मात्रै थाहा पाएको प्रतिक्रिया दिएका छन्।

अध्यक्ष श्रेष्ठलाई उनकै व्यापारिक साझेदार झापाका शंकर श्रेष्ठले आफूले उजुरी दिएको बताएका छन्।

दुबईमा संयुक्त रुपमा म्यानपावर व्यवसाय गर्दै आएको रमेशले पाटर्नर शंकरलाई दिनुपर्ने ६० हजार दिर्हाम नदिएकाले उजुरी हालेको प्रतिक्रिया दिएका छन्।

उनीहरुबीच लामो समयदेखि आर्थिक लेनदेनको विवाद रहँदै आएको थियो। त्यसै विषयमा अध्यक्ष श्रेष्ठमाथि उजुरी परेको र उनलाई पक्राउ गरिएको बताइएको छ

प्रकाशित १४ बैशाख २०७६, शनिबार | 2019-04-27 14:21:34
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...