अमेरिकी रणनीतिलाई सघाउन भारतले बनायो इण्डो–प्यासिफिक विभाग



भारतीय विदेश मन्त्रालय
भारतीय विदेश मन्त्रालय

अमेरिकाले अघि सारेको इन्डो-प्यासेफिक रणनीतिलाई सघाउ पु¥याउन भारतले एक नयाँ विभाग स्थापना गरेको छ।

विदेश मन्त्रालय अन्तर्गत भारतले इन्डो-प्यासेफिक विभाग स्थापना गरेको हो। सो विभागकोे जिम्मेवारी सहसचिव विक्रम दोराइस्वामीले पाएका छन्।

बंगलादेश र म्यान्मार सम्बन्धी मामिला हेर्दै आएका सहसचिव दोराइस्वामीलाई इन्डो प्यासेफिक विभागको जिम्मेवारी पनि थपिएको द टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ।

‘नयाँ सामरिक अवधारणा देखाउँदै भारतले आफ्नो विदेश मन्त्रालयमा इन्डो प्यासेफिक विभाग स्थापना गरेको पनि सो पत्रिकाले उल्लेख गरेको छ।

हिन्द र प्रशान्त महासागर क्षेत्रमा बढ्दो चिनियाँ प्रभाव निस्तेज बनाउन अमेरिकाले इन्डो प्यासेफिक रणनीति अघि सारेको हो।

यस विभागले विभागले ओसन रिम एसोसिएसन, आसियान क्षेत्र र क्वाड (जापान, अष्ट्रेलिया, भारत र अमेरिका) लगायतका मुलुक समेट्नेछ।

त्रिपक्षीय संरचना भारत–जापान–अमेरिका, भारत–अस्ट्रेलिया–इन्डोनेसिया, भारत–अस्ट्रेलिया–जापान जस्ता हिन्द प्रशान्त क्षेत्रमा गर्न खोजिएको गठबन्धन यो विभागको क्षेत्राधिकार भित्र पर्ने वा नपर्ने भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन।

भारतलाई विश्वासमा लिन अमेरिकाले गत वर्ष मात्रै आफ्नो प्यासेफिक कमाण्डको नाम परिवर्तन गरी इन्डो–प्यासेफिक कमाण्ड बनाएको थियो।

अमेरिकाले नेपाललाई आफ्नो इन्डो प्यासेफिक रणनीतिमा सक्रियतापूर्वक सहभागी हुन आग्रह गर्दै आएको छ।

नयाँ विश्व शक्तिको रुपमा उदाएको चीनको प्रभाव विस्तारलाई रोक्न अमेरिकाले भारतको साथ खोजिरहेको छ भने भारतले हिन्द र प्रशान्त महासागरसँग नजिक रहेका देशहरुमा आफ्नो अवस्थामा मजवुत गर्न ‘लुक इष्ट पोलिसी’ अघि सारेको छ।

प्रकाशित ३ बैशाख २०७६, मंगलबार | 2019-04-16 17:18:04
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...