दार्जिलिङमा ‘गोर्खाल्याण्ड’ माथि हावी विकासको मुद्दा



गोर्खाल्याण्ड पक्षधरहरुको प्रदर्शन
गोर्खाल्याण्ड पक्षधरहरुको प्रदर्शन
फाइल फोटो

पहाडकी रानीको रुपमा चर्चित पश्चिम बंगालको पहाडी क्षेत्रका लागि हुने संसदीय (लोकसभा) निर्वाचनमा करिव तीस बर्षपछि गोर्खाल्याण्डको साटो विकासको मुद्दा हावी हुन पुगेको छ।

पश्चिम बंगालमा सत्तारुढ ममता बेनर्जीको तृणमूल कांग्रेसले यो निर्वाचन क्षेत्रबाट कहिल्यै विजय हासिल गर्न सकेको छैन। पछिल्लो निर्वाचनमा विजयी भारतीय जनता पार्टी (बीजेपी) ले यस पटक यस निर्वाचन क्षेत्रबाट राजुसिँह बिष्टलाई उम्मेदवार बनाएको छ।

दोस्रो चरणको निर्वाचन अन्तर्गत १८ अप्रिल (५ बैशाख) मा यस निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ।

बदलिएको परिदृष्य
यो क्षेत्रको राजनीतिक समीकरण पहिलेको तुलनामा अहिले निकै बदलिएको छ। पहिले बिमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले यस निर्वाचन क्षेत्रका उम्मेदवारहरुको भाग्य फैसला गर्ने गथ्र्यो। तर त्यही गोर्खा जनमुक्ति मोर्चा अहिले दुई खेमामा विभाजित छ।

मोर्चाको बिमल गुरुङ समूहले यतिबेला बीजेपीलाई साथ दिएको छ भने विनय तामाङको समूह भने ममता बेनर्जीको तृणमूल कांग्रेसलाई साथ दिएको छ। गोर्खा जनमुक्ति मोर्चाका गुरुङ शक्तिमा आउनु अघि दार्जिलिङमा हावी रहेको स्व सुवाष घिसिङ नेतृत्वको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (जीएनएलएफ) ले पनि बीजेपीलाई नै समर्थन गर्ने घोषणा गरेको छ।

यो निर्वाचन क्षेत्र बीजेपी र तृणमूल कांग्रेसका लागि यति प्रतिष्ठाको विषय बनेको छ कि, प्रधानमन्त्री नरेन्द्र मोदी र बीजेपी अध्यक्ष अमित शाह यहाँ आएर ¥याली गरिवरि फर्किसकेका छन्।

सन् असीको दशकको उत्तराद्र्धमा हुने हरेक चुनावमा यस क्षेत्रमा गोर्खाल्याण्डका मुद्दा हावी हुने गरेको थियो। पहिले सुवाष घिसिङले नेतृत्व गरेको ‘जीएनएलएफ’ ले यो मुद्दा उठाउने गरेकोमा घिसिङपछि विमल गुरुङ नेतृत्वको गोरखा जनमुक्ति मोर्चाले पनि यो मुद्दालाई नै उठाउ थाल्यो।

यही कारण गुरुङ नेतृत्वको मोर्चाले पछिल्ला दुई लोकसभा निर्वाचनमा बीजेपी उम्मेदवार क्रमशः जसवन्त सिँह (सन् २००९) र एस एहलुवालिया (सन् २०१४) लाई समर्थन दियो। दार्जिलिङको राजनीतिमा प्रभावशाली गुरुङ नेतृत्वको मोर्चाले समर्थन दिएपछि उनीहरुले नै विजय हासिल गरे।

तर त्यही मोर्चा यतिबेला विभाजित भई दुई समूह बन्न पुगेको छ। गोर्खे नेता गुरुङ दुई बर्षअघि सन् २०१७ मा भएको हिंस्रक आन्दोलनपछि भूमिगत नै छन्।

राजु बिष्ट

राजु बिष्ट

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले यस पटक गोर्खा जनमुक्ति मोर्चाका विधायक अमरसिँह राईलाई पार्टीको तर्फबाट उम्मेदवार बनाएकी छन्। बीजेपीले यसअघिका लोकसभा सदस्य अहलुवालियाको साटो ३३ बर्षीय व्यवसायी राजुसिँह बिष्टलाई चुनावी मैदानमा उतारेको छ।

गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा र स्व घिसिङले स्थापना गरेको ‘जीएनएलएफ’ को समर्थन पाएका बीजेपी उम्मेदवार बिष्ट भारतको दक्षिणपूर्वी राज्य मणिपुरका वासिन्दा हुन्। उनी भारतको राजधानी नयाँदिल्लीमा रहेर व्यवसाय गर्छन्।

नयाँदिल्लीमा व्यवसाय गर्ने मणिपुरका बिष्टलाई बीजेपीले उम्मेदवार बनाएपछि मुख्यमन्त्री बेनर्जीले ‘स्थानीय कि बाहिरिया?’ भन्ने विषयलाई चुनावी मुद्दा बनाइदिएकी छन्। यही कारण यहाँ बीजेपी र त्रिणमूल कांग्रेसबीच सिधा टक्कर हुने देखिएको छ। रोचक कुरा त के भने, प्रतिस्पर्धी दुबै दलले उम्मेदवारको रुपमा गोर्खा समुदायका व्यक्तिलाई नै रोजेका छन्।

यसको मतलव यो होइन कि, यहाँ अन्य राजनीतिक दलका उम्मेदवार छैनन्। भारतमा लामो समय सत्तामा रहेको कांग्रेस (आई) ले बरिष्ठ नेता शंकर मालाकारलाई यहाँबाट उम्मेदरवार बनाएको छ भने त्रिणमूल कांग्रेस सत्तामा आउनुअघि लामो समय पश्चिम बंगालमा शासन गरेको कम्युनिष्ट पार्टी अफ इण्डिया (सीपीएम) ले पूर्व सांसद सुमन पाठकलाई चुनावी मैदानमा उतारेको छ।

सबैभन्दा सुरक्षित सिट
दार्जिलिङको सबैभन्दा ठूलो राजनीतिक दलले समर्थनस्वरुप जसको पिठ्युँमा हात राख्छ, त्यसको जीत सय प्रतिसत सुरक्षित हुने गर्छ। त्यसैले, दार्जिलिङ चुनावी क्षेत्रलाई भारतको सबैभन्दा सुरक्षित संसदीय सिटको रुपमा गणना गर्ने गरिएको छ।

जतिबेला दार्जिलिङमा सुवाष घिसिङ नेतृत्वको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (जीएनएलफ) को दवदवा थियो, त्यो बेला घिसिङको समर्थनमा इंद्रजीत खुल्लरले विजय हासिल गर्ने गरेका थिए। घिसिङपछि यहाँको राजनीतिक परिदृष्यमा परिवर्तन आयो। र, गोरखा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरुङको समर्थनमा पहिले जसवन्त सिँहले विजय हासिल गरे, उनी पछि अहलुवालियाले।

तृणमूल कांग्रेसका उम्मेदवार अमरसिँह राईका भनाईमा, उनको दलले विकासको मुद्दालाई प्राथमिकता दिएको छ। ‘किनभने, बिगत एक दशक भन्दा लामो समयदेखि यहाँ विकासका काम ठप्प भएका छन्’ राई भन्छन्, ‘बीजेपीका जो जो सांसदले यहाँबाट विजय हासिल गरे, उनीहरुले पहाडको विकासका लागि पहल नै गरेनन्।’

तृणमूल कांग्रेसबाट मन्त्री समेत रहेका तृणमूल कांग्रेसका बरिष्ठ नेता गौतम देब पनि यस्तै तर्क गर्छन्। उनी भन्छन्, ‘अब छुट्टै गोर्खाल्याण्ड राज्यको मुद्दालाई पर राखेर विकासका लागि ध्यान दिनु जरुरी छ। स्थानीय वासिन्दाले समेत अब यही कुरा स्मरण गर्न थालेका छन्।’

गोर्खाल्याण्डको मुद्दा उठाउँदै आएका दलहरुको समर्थन पाएको बीजेपीका स्थानीय नेताहरुको भनाई पनि यस्तै छ। ‘हामीले पनि अलग राज्यको विषयलाई मुद्दा बनाएका छैनौँ’ बीजेपीका जिल्ला अध्यक्ष मनोज देवान भन्छन्, ‘हामीपनि यस पहाडी क्षेत्रको समस्याको स्थायी राजनीतिक समाधान र यहाँ लोकतन्त्र पुनस्र्थापनाका लागि संघर्ष लडिरहेका छौँ।’

गोर्खा जनमुक्ति मोर्चाको गुरुङ समूहका कार्यकारी अध्यक्ष लोकसाङ लामा भन्छन्, ‘यो चुनावले प्रमाणित गर्नेछ कि, पहाडी क्षेत्रको सर्वमान्य नेता को हो? निसन्देह स्थानीयवासीहरु गुरुङको साथमा छन्।’

हार्नेको अस्तित्व संकटमा
विनय तामाङले नेतृत्व गरेको समूहका नेताहरु पनि यो कुरामा सहमत छन् कि, यो निर्वाचनमा जसले पराजय बेहोर्छ, उसको अस्तित्व त्यसपछि लगभग समाप्त हुनेछ।

बीजेपी उमेदवार बिष्टको भनाईमा, पहाड (दार्जिलिङ) मा लोकतन्त्र बहालीका लागि यहाँका स्थानीयवासीले मतदान गर्नेछन्। उनी भन्छन्, ‘सन् २०१७ मा भएको गोर्खाल्याण्ड आन्दोलनका बेला तृणणूल कांग्रेसले पुलिस र प्रशासनसँग मिलेर जुन अत्याचार गरेको थियो, दार्जिलिङका वासिन्दाले त्यसलाई कहिल्यै भुल्नेछैनन्।’

उनी गोर्खाल्याण्डको मुद्दाबारे कुनै टिप्पणी गर्न चाहँदैनन्। तर दार्जिलिङ्गको समस्याको स्थायी समाधान चाहिँ जरुरी देख्छन्।

तृणमूल कांग्रेसका उम्मेदवार अमरसिँह राई (सबैभन्दा वायाँ) मुख्यमन्त्री बेनर्जीका साथ

तृणमूल कांग्रेसका उम्मेदवार अमरसिँह राई (सबैभन्दा वायाँ) मुख्यमन्त्री बेनर्जीका साथ

अर्काेतिर पश्चिम बंगालमा लामो समय शासन गरेको कम्युनिष्ट पार्टी अफ इण्डिया (सीपीएम) का उम्मेदवार एवं राज्यसभाका पूर्व सांसद सुमन पाठकको भनाईमा, यस क्षेत्रमा जनता बीजेपी तृममूल कांग्रेसले गरेका झूठा आश्वासन बादाबाट आजित छन्। र, उनीहरु फेरि सीपीएमप्रति नै भरोशा गर्न थालेका छन्।

दार्जिलिङ्ग संसदीय क्षेत्रका सात वटा विधानसभा सीटमध्ये तीन वटा पहाडी क्षेत्रमा छन्। बाँकी चार सिट चाहिँ समथर भूभागबाट। समथर इलाकाका चार मध्ये दुई कांग्रेस (आई) को कब्जामा छन् भने एक–एक सिट सीपीएम तृणमूल कांग्रेसको कब्जामा।

पहाडी क्षेत्रका तीनै सिटमा गोरखा जनमुक्ति मोर्चाकाको कब्जा रहँदै आएको छ। पहाडी राजनीतिमा लामो समदेखि सक्रिय रहेको गोर्खा जनमुक्ति मोर्चाका पूर्व उपाध्यक्ष कल्याण दीवान भन्छन्, ‘दशकौँपछि पहिलो पटक यहाँ न कुनै राजनीतिक दलले गोर्खाल्याण्डको कुरा गरेको छ, न त स्थानीयवासीले नै।’

समथर र पहाडी भूभाग मिलाएर बनाइएको निर्वाचन क्षेत्र भएपनि यो संसदीय क्षेत्रका उम्मेदवारहरुको भाग्यको फैसला पहाडी क्षेत्रका मतदाताहरुको भोटले गर्नेछ। १६ लाख मतदातामध्ये ७ लाख तीन पहाडी विधान क्षेत्र रहेको पहाडी क्षेत्रमा छन्। त्यसैले, पहाडमा जसको पकड रहन्छ, त्यसैले समर्थन गर्ने पार्टीले यहाँको लोकसभा सिटमा बाजी मार्नेछ।

पहिले घिसिङ नेतृत्वको ‘जीएनएलएफ’ निर्णायक पार्टी थियो, ‘जीएनएलएफ’ को स्थान पछि गोरखा जनमुक्ति मोर्चाले लियो। तर, त्यही मोर्चा अहिले दुई समूहमा विभाजित भएको छ। मोर्चामा आएको विभाजनका कारण यो लोकसभा सिटमा कसले विजय हासिल गर्छ, चुनावी राजनीतिका पण्डितहरुले समेत अनुमान लगाउन सकिरहेका छैनन्।

लामो समयदेखि दार्जिलिङमा रहेर गोर्खाल्याण्ड आन्दोलनको ‘कभरेज’ गरिरहेका बरिष्ठ पत्रका तापस मुखर्जीका भनाईमा, यस पटकको चुनावी मुख्यमन्त्री ममता बनर्जी र गोरखा जनमुक्ति मोर्चा अध्यक्षका अध्यक्षविमल गुरुङबीचको प्रतिष्ठाको लडाईं बन्न पुगेको छ।

‘यही कारण यो निर्वाचन क्षेत्रको महत्व निकै बढेको छ’ मुखर्जी भन्छन्, ‘यस्तो स्थितिमा कसले बाजी मार्छ, पूर्वअनुमान गर्न त्यति सहज छैन।’ (बीबीसी हिन्दीबाट अनुदित) 

प्रकाशित ३ बैशाख २०७६, मंगलबार | 2019-04-16 13:10:17
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।