मोदी र अमितको प्रशंसा गर्दै गोजमोका प्रमुख गुरुङले भनेः उहाँहरुको दार्जिलिङप्रति सहानुभूति छ

‘भाजपाको घोषणापत्र गोर्खाहरुका लागि ऐतिहासिक’



गोर्खा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरुङले सत्तारुढ दल भाजपाले घोषणापत्रमा पार्टी फेरि सरकारमा आएमा गोर्खाल्यान्डको माग पूरा गर्ने उल्लेख गर्नु सकरात्मक भएको बताएका छन्।

गुरुङले न्युज एजेन्सी पीटीआईसँगको कुराकानी गर्दै उनले भाजपाको आश्वासन सकारात्मक भएको प्रतिक्रिया दिएका हुन्।

प्रमुख गुरुङका अनुसार गोर्खाल्यान्डको सम्बन्धमा गोजमुमोले भाजपालाई ज्ञापन चढ़ाएको थियो। त्यही ज्ञापन–पत्रको जवाफमा भाजपाले यस्तो आश्वासन दिएको उनको दावी छ।

‘छुट्टै राज्यको माग प्रत्येक दार्जीलिङका पहाडवासीको सपना हो’, उनले थपे, ‘भाजपाले आफ्नो मेनिफेस्टोमा दार्जीलिङको समस्याको स्थायी राजनीतिक समाधानको गर्छु भन्नु ‘धेरै प्रेरणादायी’ कुरा हो।’

सो टेलिफोन कुराकानीमा गोजमु प्रमुख गुरुङले प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहको प्रशंसा गर्दै यी दुवै नेतामा दार्जिलिङ पहाडको समस्यालाई लिएर सहानुभूति रहेको पनि बताए।

आफूहरुको एक मात्र मुद्दा छुट्टै राज्य गोर्खाल्यान्डको प्राप्ति भएको र यसैका लागि जीवनका अन्तिम घड़ीसम्म लडिरहने गुरुङले प्रतिवद्धता समेत व्यक्त गरे।

गुरुङले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङ पहाडका जनतालाई विकासको प्रलोभन देखाएर र विभाजनको राजनीति गरेर भोट ब्यांकको राजनीति गरिरहेको आरोप समेत लगाए।

‘ममता कहिले पनि पहाडको मूल मुद्दालाई सम्बोधन गरेकी छैनन्। उनलाई दार्जीलिङ पहाडको साँचो विकासमा पनि कुनै इच्छा छैन’, उनले भने, ‘यदि ममता बेनर्जीले पहाड र पहाडवासीको हित र कल्याण चाहन्छिन् भने श्वेत–पत्रमा लेखेर दिउmन्।’

उनले यसपटकको निर्वाचनमा पनि भाजपाका राजु विष्टले भारी मतले चुनाउ जित्ने दाबी समेत गरे।

उनले आफू नेतृत्वको गोजमुमोसहित गोरामुमो, क्रामाकपा, गोरानिमो, अभागोली, केकेएस, एनजीसी, सुमेटी मोर्चा, जीएसएसएसलगायत अन्यले समर्थन गरेकोले भाजपा उम्मेदवार विष्टको जीत निश्चित भएको दावी गरे।

त्यस्तै बेनर्जी नेतृत्वको तृणमूल कंग्रेस उम्मेदवार अमरसिंह राईलाई विनय तामाङ नेतृत्व गोजमुमो र बंगाल सरकारले पहाड़का विभिन्न जातका लागि लागि गठन गरेको विकास बोर्डहरूको समर्थन प्राप्त छ।

स्मरणीय के छ भने , सन् २०१७ को जून ८ देखि दार्जिलिङ पहाडमा चर्केको गोर्खाल्यान्ड आन्दोलनपछि विमल गुरुङ भूमिगत अवस्थामा छन्।

यद्यपि उनले दार्जिलिङ पहाडका विभिन्न मुद्दामाथि अडियो (भिडियो क्लिप्स् र प्रेस विज्ञप्तिमार्फत आफ्नो प्रतिक्रिया दिँदै आएका छन्।

गोर्खाल्यान्ड आन्दोलनको कारण बंगाल सरकारले लगाएको सयभन्दा बढी आपराधिक मुद्दाको कारण करिब दुई वर्षदेखि विमल गुरुङ भूमिगत अवस्थामा रहे तापनि उनको प्रभाव अहिले पनि दार्जिलिङको राजनीतिमा बलियो छ।

प्रकाशित १ बैशाख २०७६, आइतबार | 2019-04-14 16:24:24
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

शैलेन्द्र समदर्शीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।