भारत नियन्त्रित कस्मिरः जहाँ जीवनभन्दा मृत्यु सस्तो छ



कस्मिर भिडन्तमा मारिएकाको शब बोक्दै भारतीय सेना
कस्मिर भिडन्तमा मारिएकाको शब बोक्दै भारतीय सेना

भारत प्रशासित कस्मिरका स्थानीय गुलाम रसुलले भारत र पाकिस्तानबीच भएको दुबै युद्ध देखेका छन्।

उनलाई कस्मिर वरपर भइरहने दर्जनभन्दा बढी भिडन्तको पनि अनुभव छ। ७६ वर्ष पुगिसकेका उनी त्यहाँ शान्ति आउने कुनै संभावना देख्दैनन्। यद्यपी उनी शान्तिको पर्खाइमा छन्।

‘तिमीहरु यदि शान्ति दिन सक्दैनौ भने कम्तिमा बंकर देऊ’ कास्मिरस्थित उरीका बासिन्दा गुलाम रसुलको सरकारसँग माग छ, ‘कम्तिमा बंकरमा लुक्न पाइयो भने ज्यान जोगाउन त सकिन्छ।’

उरी क्षेत्र भारत र पाकिस्तान प्रशासित कास्मिरको सिमानामा पर्छ। त्यस क्षेत्रमा भारतीय सेना र आतंकवादीबीचको भिडन्त सामान्य मानिन्छ।

दोहोरिई रहने हुने भिडन्तको चपेटामा त्यहाँका सर्वसाधारण बर्षाैँदेखि पर्दै आएका छन्।

गुलाम रसुल आफूहरुलाई अन्याय भएको बताउँछन्। ‘जब भिडन्त हुन्छ, हामीले भागेर जाने र ज्यान जोगाउने ठाउँ कहीँ छैन’ उनी भन्छन्, ‘यो अन्याय हो।’

भारतका मुख्य दलहरु कस्मिरी जनताको पक्षमा नभएको उनको भनाइ छ। त्यहाँको शान्ति सुरक्षा र रोजगारीको विषयमा नेताहरुले कहिल्यै ध्यान नदिएको उनी बताउँछन्।

हाल जारी लोकसभा निर्वाचनमा राजनीतिक पकडका लागिमात्र नेताहरुले कस्मिरी मुद्दा उठाएको उनको तर्क छ।

पाकिस्तानस्थित आतंकवादी समूह जैस–ए–मोहम्मदले कस्मिरमा भारतीय सेना लक्षित आक्रमण गर्दै आएको छ।

कस्मिरमै पनि भारत सरकारविरुद्ध विद्रोही समूह छ, जसले भारतीय प्रहरी र सेनामाथि आक्रमण गर्दछ। उनीहरु कास्मिरलाई पाकिस्तानमा गाभ्न चाहन्छन्।

निरन्तरको हिँसा, भिडन्त र युद्धको साक्षी बनेका गुलाम रसुल यही स्थितिलाई प्रतिकात्मक रुपमा यसरी व्यक्त गर्छन्, ‘कस्मिरमा बाँच्न महंगो छ मर्न भने निकै सस्तो।’

कस्मिरको उरीकै सामाजिक अभियानकर्ता नादिम अब्बासीको नेतृत्वमा कस्मिरवासीहरुले भोग्नु परेका समस्याबारे आवाज उठ्न थालेको छ।

उनी आफ्नो मोबाइलमा रहेको रियाज अहम्मदको फोटो देखाउँछन्। ३२ वर्षीइ अहम्मद दुईहप्ता अगाडि भएको गोलाबारीमा घाइते भएका थिए।

अब्बासी पनि गुलामजस्तै धारणा राख्छन्। उनी भन्छन्, ‘बंकर हुने हो भने कम्तिमा हाम्रो जीवनको रक्षा हुन्थ्यो होला।’

स्वभाविक हो, भिडन्त हुँदा त्यसको चपेटामा परेका स्थानीयहरु घाइते हुन्छन्। यो प्रक्रिया लामो समयदेखि चलिरहेको छ।

७५ वर्षीय नादिन खान तरकारी व्यापारी हुन्। ‘बाहिरबाट आउनेलाई यहाँको संसार भयावह लाग्छ होला’ उनी भन्छन्, ‘तर हाम्रा लागि यो दैनिकी हो।’

‘यो अवस्था मैले आफ्नो बाल्यावस्थादेखि देखेको हुँ, यही देखेर मेरो मृत्यु हुनेछ, भावी पुस्ताले समेत यही अवस्था भोग्नुपर्नेछ, परिवर्तन हुनेवाला छैन’ उनले भने, ‘मैले मेरो जीवनमा यस क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भन्ने नेताहरु पनि देखेँ। तर परिवर्तन हुन सकेको छैन।’

कस्मिरी भूभाग भारत र पाकिस्तानको नियन्त्रणमा छन्। दुबै मुलुकले सम्पूर्ण कस्मिर आफ्नो भएको दाबी गर्छन्। सोही कारण दुवै पक्षबीच हुने तनावले हालसम्म हजारौँको ज्यान गइसकेको छ।

द्वन्द्व चाहिँ सीमा क्षेत्रमा नभएर भारत नियन्त्रित कस्मिरमा हुने गरेको छ।

यसै वर्षको फेब्रुवरी मा भारत प्रशासित कस्मिरको पुलवामा जिल्लामा पाकिस्तानी भूमिलाई आधार बनाएको आतंकवादीसमूह जैस–ए मोहम्मदले भारतीय सेना लक्षित आत्मघाती बम विस्फोटन गराउँदा ४० सेनाको मृत्यु भएको थियो।

गतवर्ष जम्मु–कास्मिरमा भएको घटना दशक यताकै भयानक मानिएको थियो। गतवर्ष कास्मिरमा २ सय ३८ विद्रोहीको मृत्यु भएको थियो भने ८६ प्रहरी र ७३ सर्वसाधारणको ज्यान गएको थियो।

सन् २०१६ मा कास्मिरका युवा तथा प्रभावशाली विद्रोही बुरहान वानीको मृत्यु भएयता कस्मिरमा हिंसात्मक गतिविधि थप चुलिएको छ।

कस्मिरका विखण्डकारी समूह तथा भारत–पाकिस्तानबीच हुने विवादले त्यहाँको अर्थतन्त्र, व्यापार, पर्यटन, शिक्षा सबै क्षेत्रमा नकरात्मक असर पुगेको छ।

सन् २०१२ मा जम्मु कास्मिरमा १ करोड २५ लाख पर्यटकले भ्रमण गरेका थिए। सन् २०१७ को तथ्यांक अनुसार त्यहाँ ७३ लाख पर्यटकलेमात्र भ्रमण गरे। सिएनएन

प्रकाशित ३० चैत २०७५, शनिबार | 2019-04-13 18:18:09
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...