मकाउको विकासबाट सिक्न सकिन्छः सभासद आङदेम्बे



सभासद एवं उद्योग वाणिज्य तथा उपभोक्ता सम्बर्धन संसदीय समितिका सभापति भिष्मराज आङदेम्बे चीन सरकारको वाणिज्य मन्त्रालयको निमन्त्रणमा चीन र हङकङको भ्रमणपछि मकाउ पुगेका छन्। मकाउको जनसम्पर्क समितिले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा आङदेम्बेले चीन, हङकङ र मकाउको विकासबाट धेरै कुरा सिक्न सकिने बताए।

उनले विदेशमा रहेका भ्रातृसंगठनहरुमा देखिने विवादले कार्यकर्तालाई भन्दा नेतालाई फाइदा हुने भन्दै त्यस्ता भ्रातृसंगठनमा सकेसम्म विवाद आउन नहुनेमा जोड दिएका थिए।

यस्तै भ्रमण टोलीमा गएका कांग्रेस सभासद डिकबहादुर भुजेल, एमाले सभासद सुवासचन्द्र ठकुरी र राप्रापा नेपालका सभासद रमेशकुमार लामाले मकाउमा नेपालीको रोजगारीबारे बोलेका थिए। मकाउमा सुरक्षागार्डमा नेपालीले आर्जन गरेको विश्वास कायम राख्दै थप रोजगारीको अवसर जुटाउनुपर्नेमा उनीहरुको जोड थियो। 

प्रकाशित ५ मंसिर २०७३, आइतबार | 2016-11-20 20:22:20

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...