दलाई लामा अस्पताल भर्ना, स्वास्थ्यमा सुधार आएन



दलाई लामा
दलाई लामा

तिब्बती धर्मगुरु दलाइ लामालाई भारतको राजधानी दिल्लीस्थित एक अस्पतालमा भर्ना गरिएको छ।

छातीमा संक्रमण भएको लामाको स्वास्थ्य अवस्थामा त्यति सुधार नभएको र स्थीर रहेको बताइएको छ।

लामाका निजी सहयोगी तेन्जिन तक्ल्खाले असहज महसुश गरेपछि धर्मशालाबाट दिल्ली लगिएको बताएका छन्।

८३ वर्षीय लामा विगत ६० वर्षदेखि भारत निर्वासनमा रहँदै आएका छन्।

‘चिकित्सकहरुले उहाँको छातीमा संक्रमण भएको पत्ता लगाएका छन र त्यसको उपचार भैरहेको छ’ तक्ल्खाले समाचार एजेन्सी रोयटर्ससँग भने, ‘उहाँका स्वास्थ्य अवस्था अहिले स्थीर छ। थप दुई तीन दिन उहाँको उपचार हुने छ।’

लामालाई कसले प्रतिस्थापन गर्छन भन्ने विषयमा अस्पष्ट र विवादित रहेको छ। उनले लामाको उत्ताराधिकारी चिनियाँ नेताहरुले छनोट गर्ने बताएका छन्।

लामाले चीनले छानेको उत्तराधिकारीलाई तिब्बतीहरुले स्वीकार नगर्ने बताउँदै आएका छन्।

उनले तिब्बतमा नभएर अन्य स्थानमा पनि आफ्नो उत्तराधिकारी हुनसक्ने बताएका छन्।

तिब्बती बौद्ध धर्मावलम्बीहरुले सबैभन्दा ठूलो धर्मगुरुको पुनर्जन्म बालकको रुपमा हुने गरेको विश्वास गर्छन्।

प्रकाशित २७ चैत २०७५, बुधबार | 2019-04-10 10:32:27
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।