भाजपाको घोषणापत्रः गोर्खाले उठाउँदै आएका दुई माग पूरा गर्ने प्रतिवद्धता



दार्जिलिङ सत्तारुढ दल भारतीय जनता पार्टीले सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र भाजपा अध्यक्ष अमित शाहले सोमबार दिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा पार्टीको घोषणापत्र सार्वजनिक गरेको हुन्।

भाजपाको घोषणापत्रमा गोर्खाहरुले उठाउँदै आएका दुई मुद्दालाई समावेश गरी समाधान गर्ने प्रतिवद्धता जनाएको छ। घोषणा-पत्रको ४० औं पृष्ठमा ‘गोर्खा विषयको राजनीतिक समाधान’ उपशीर्षकको २० र २१ बुँदामा गोर्खाहरूको मुद्दा समावेश गरिएको छ।

घोषणापत्रको २० औं बुँदामा भनिएको छ, ‘हामी गोर्खा समुदायका जनजाति पाउनबाट छुटेका ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिनेछौं।’ त्यस्तै २१ औं बुँदामा लेखिएको छ, ‘हामी दार्जिलिङ पहाड, सिलगढ़ी तराई र डुबर्स क्षेत्रको मुद्दाको स्थायी राजनीतिक समाधान खोज्नका लागि प्रतिवद्धता जाहेर गर्छौं।’२० औं बुँदामा नै भाजपाले सिक्किम विधान सभामा लिम्बू–तामाङ समुदायका लागि सिट आरक्षण गर्ने प्रतिवद्धता पनि जनाएको छ।

स्मरणरहोस्, भाजपाको घोषणापत्रमा समावेश गरिएका दुई मुद्दा र सिक्किम विधानमा लिम्बू–तामाङ समुदायका लागि सिट आरक्षणको मुद्दा गोर्खा समुदायले उठाउँदै आएका प्रमुख मुद्दा हुन्।

सिक्किम र दार्जिलिङको राजनीति अहिले पनि यिनै मुद्दाकै वरिपरि घुमिरहेको छ। र, यसपटकको चुनाबमा यी मुद्दाहरू प्रमुख हुन्। अहिले दार्जिलिङमा ११ जातगोष्ठी र दार्जिलिङ पहाड़को समस्याको स्थायी समाधानको मुद्दा नै चुनाउको प्रमुख मुद्दा बनेका छन्। अधिकांश मतदान पनि यसै मुद्दामा खस्ने निश्चित छ।

त्यस्तै २००३ सालमा सिक्किमका लिम्बू र तामाङ समुदायले जनजातिको मान्यता पाए तापनि अहिलेसम्म यी दुई समुदायले सिक्किम विधानसभामा आरक्षण सिट पाएका छैनन्। यसैले पनि पछिल्ला चुनाबहरूमा यो मुद्दा सिक्किमको राजनीतिमा प्रमुख मुद्दा बन्दै आएको थियो।

सिक्किमका प्रमुख दुई राजनीतिक पार्टी पवन चामलिङ नेतृत्व सत्तारूढ सिक्किम प्रजातान्त्रिक मोर्चा र पीएस गोले नेतृत्व सिक्किम क्रान्तिकारी मोर्चालगायत अन्य राजनीतिक पार्टीहरूले लिम्बू–तामाङ समुदायको सिट आरक्षणको मुद्दालाई प्रमुख मुद्दा बनाएर चुनाब प्रचार गरिरहेका छन्।

स्मरणरहोस्, सिक्किममा यसै अप्रिल ११ र दार्जिलिङमा १७ मा चुनाउ हुँदैछ। सिक्किममा लोकसभा र विधानसभा दुवैको चुनाव हो भने दार्जिलिङमा भइरहेको चुनाब लोकसभाको हो।

यता, भाजपाले आफ्नो घोषणापत्रमा गोर्खाहरूको दुई मुद्दा समावेश गरी समाधान गर्ने प्रतिवद्धता जनाएपछि दार्जिलिङका प्रमुख राजनीतिक दलहरू विमल गुरुङ पन्थी गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा र क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले स्वागत जनाएका छन्।

क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले यसलाई गोर्खाहरूको माग–यात्रामा पदचिह्न भएको प्रतिक्रिया दिएको छ।

प्रकाशित २५ चैत २०७५, सोमबार | 2019-04-08 16:39:14
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

शैलेन्द्र समदर्शीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...