अमेरिकाको टेक्सासमा 'नेपाल आइडल टेक्सास टुर २०१९’ हुने



अमेरिकाको टेक्सासमा नेपाल आइडल टेक्सास टुर २०१९ आयोजना हुने भएको छ।

बोधी एचडी तथा ८८४८ मिडिया हाउसको प्रस्तुतिमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (युलेस) मन्दिर तथा बौद्ध गुम्बा निर्माणको सहयोगाका लागि यो कार्यक्रम आयोजना गरिएको बोधी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष तथा व्यवसायी पासाङ लामाले जानकारी दिएका हुन्।

नेपाल आइडल दोस्रो संस्करणको विजेता रवि ओड, विक्रम बराल तथा सुमित पाठक उक्त कार्यक्रमका लागि अमेरिका आउने लामाले बताए। यही ११ मे अर्थात् आगामी वैशाख २८ गते शनिबार साँझ ७ बजे डल्लासस्थित ट्रिनिटी मिल्स रोड, करोलटन टेक्सासमा पहिलो साङ्गीतिक कार्यक्रमस्वरुप नेपाल आइडल टेक्सास टुर २०१९ आयोजना हुने भएको हो। नेपाल आइडलकी होष्ट तथा लोकप्रिय नायिका रिमा विश्वकर्माले शोको सञ्चालन गर्नेछिन्।

पासाङ लामा (दायाँ) र रमेश एमके पौडेल (बायाँ)

पासाङ लामा (दायाँ) र रमेश एमके पौडेल (बायाँ)

यो टुर डल्लाससहित तीन सहरमा हुने उनको भनाइ छ। यसका लागि व्यापक तयारी थालिएको छ। बोधी इन्टरटेन्मेन्ट एलएलसीका सीईओ तथा युवा उद्यमी रमेश एमके पौडेलले नेपाल आइडल दोस्रो संस्करणका उक्त तीनै जनालाई स्वागत गर्न पाउँदा उत्साहित भएको बताए। यसलाई सफल पार्न व्यापक सहभागिता जनाउन त्यहाँस्थित नेपाली समुदायलाई उनको आग्रह छ।

यो कार्यक्रम मनोरञ्जनका लागि मात्र नभएको भन्दै पौडेलले महान् उद्देश्य लिएर गर्न लागिएकोले सबैलाई उपस्थित हुन आग्रह गरे। सफल व्यवसायी तथा बोधी इन्टरटेनमेन्टका अध्यक्ष लामाका अनुसार पशुपतिनाथको मन्दिर र बौद्ध गुम्बा अमेरिकामा निर्माण गर्नका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

डल्लासको साङ्गीतिक शोपछि १७ मे शुक्रबारका दिन टेक्ससको हस्टनमा दोस्रो तथा १८ मे शनिबारका दिन टेक्ससको अस्टिनमा तेस्रो शो आयोजना गरिनेछ।

प्रकाशित २४ चैत २०७५, आइतबार | 2019-04-07 16:49:28
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।