‘विशिष्ठ सम्मान फेलो’ पाउने भारतका पहिलो नेपाली साहित्यकार असित राईको निधन



असित राई
असित राई

दार्जिलिङको महानदी निवासी वरिष्ठ नेपाली साहित्यकार असित राईको शुक्रबार राती निधन भएको छ। शुक्रबार राती १० बजेर ४० मिनेटमा ७६ वर्षीय राईको निधन भएको परिवारका सदस्यले पुष्टी गरेका छन्।

भारतको दार्जिलिङ क्षेत्रमा रहेर नेपाली साहित्य सिर्जना गर्ने इन्द्रबहादुर राईपछिका अर्का वरिष्ठ सर्जक थिए असित राई। नयाँ क्षितिजको खोज, यन्त्रणा, चिह्नारीको खोज र जीवन चक्रव्यूहभित्र राईका चर्चित आख्यान हुन्। साहित्य अकादमी दिल्लीले प्रदान गर्ने ‘विशिष्ठ सम्मान फेलो’ पाउने राई भारतमा पहिलो नेपाली साहित्यकार थिए।

सन् १९४३ मा खरसाङको जङ्गपना चियाकमानमा जन्मेका साहित्यकार राई पछिल्लो समय पक्षघात भएपछि ओछ्यानमा थलिएका थिए। उनका ३५ बढी कृति प्रकाशित छन्, जसमा २५ बढी आख्यान छन्।

राईलाई उपन्यास नयाँ क्षितिजको खोजका लागि सन् १९८१ मा साहित्य अकादमी पुरस्कारद्वारा सम्मान गरिएको थियो।

जीवनको अन्तिम क्षणसम्मै लेखनमा सक्रिय रहेका उनको ‘भारतीय नेपाली साहित्यको इतिहास’ पुस्तक भने अपुरै रहेको छ। साहित्य अकादमीसँग अनुबन्धित लगभग २००० पृष्ठको यो पुस्तकको लेखन अन्तिम चरणमा रहेको बेला राईलाई पक्षघात भएपछि लेखनकार्य ठप्प भएको बताइएको छ।

साहित्यकार राईले साहित्यका लगभग सबै विधामा कलम चलाएका छन्। 

विशिष्ठ साहित्यकार राईको निधनले भारतीय नेपाली साहित्य जगत् शोकमा डुबेको छ अहिले।

वरिष्ठ साहित्यकार डा. जस योञ्जन प्यासीले ‘असित राईको निधनले नेपाली साहित्यमा एउटा पृष्ठ नै बन्द भएको’ बताए।

‘असित राई नेपाली साहित्यमा सम्मानित, सक्रिय र विशिष्ठ साहित्यकार हुन्। उनको निधन नेपाली साहित्यका लागि एउटा पृष्ठ सधैँका लागि बन्द भएजस्तै हो’, प्यासीले भने, ‘समकालीन लेखकहरूभन्दा राईले धेरै काम गरे। उनले गरेको विशिष्ट र महत्वपूर्ण कामकै कारण उनी समकालीन लेखकहरूभन्दा उच्च र विशिष्ठ बने।’

अर्का साहित्यकार एवं साहित्य अकादमी दिल्लीको नेपाली भाषाका संयोजक डा. जीवन नाम्दुङले साहित्यकार राईको निधनमा गहिरो शोक प्रकट गरेका छन्।

‘साहित्यकै लागि सधैँ मरिमेट्ने राई आफ्ना कृतिहरूमा सधैँ बाँचिरहने नाम हुनेछ’, डा. नाम्दुङले भने।

प्रकाशित १६ चैत २०७५, शनिबार | 2019-03-30 10:25:52
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

शैलेन्द्र समदर्शीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।