Exclusive

जहाँ जुम्ल्याहालाई ‘पुजिन्छ र मारिन्छ’



नाइजेरियाको सबैभन्दा ठूलो शहर लागोसदेखि उत्तर ५० माइल टाढा इग्बो–ओरा शहर पर्दछ। इग्बो–ओरामा नाइजेरियाको २१ प्रतिशत जनसंख्या छन्। त्यस ग्रामिण बस्तीमा ९२ हजार जनसंख्या छन्। जहाँ, योरुबा जनजातिको बाहुल्य छ।

तथ्यांक बाझिएपनि समाजशास्त्रीहरु इग्बो–ओराका जनजातिहरुमा जुम्ल्याहाको बाहुल्य छ भन्ने समान धारणा राख्दछन्।

गतवर्ष जब, सरकारले जुम्ल्याहाका लागि छुट्टै विशेष कार्यक्रममा आयोजना ग¥यो तब, २ हजारभन्दा बढी जुम्ल्याहाहरुले त्यस समारोहमा सहभागिता जनाए। यतिबेला इग्बो–ओरा ‘जुम्ल्याहाको विश्व राजधानी’ को रुपमा परिचित बनेको छ।

योरुबा जातिको संस्कार अनुसार जुम्ल्याहालाई भगवानको उपहार मानिन्छ। सम्मान गरिन्छ र पुजिन्छ। उनीहरुलाई आत्माले रक्षा गरिएको र दैवी शक्ति आर्जित मावनको रुपमा लिइन्छ।

यस विचित्र संस्कारसँगै हुर्किएका हुन् योरुबा जातिका २४ वर्षिय फोटोग्राफर स्टेफन टोया। उनी जुम्ल्याहा होइनन्। तर, उनी आफ्नो जातिको कथा अरुलाई बताउन चाहान्छन्।

‘जुम्ल्याहा बारे हाम्रो संस्कारको अवधारणा स्थापित गर्नु मेरोलागि महत्वको विषय हो।’ उनले सिएनएनसँग भने,‘नाइजेरियामा उपनिवेशवादभन्दा अघिको समयदेखि अन्य जनजातिहरुले जुम्ल्याहालाई घृणा र श्रापको रुपमा हेर्दछन्। तर योरुबा संस्कारमा उनीहरु बरदान हुन्।’ 

From the series "Ibeji" by Stephen Tayo

उनले आफ्नो संस्कारको जुम्ल्याहाको कथा तस्बिरहरु खिचेर भन्ने गरेका छन्। स्टेफनले संयौ जुम्ल्याहाको तस्बिर खिचिसकेका छन्।

‘जति जुम्ल्याहाहरुको तस्बिर मैले खिचे उनीहरुको आफ्नै कथा छ।’ स्टेफनले भने,‘कसैको व्यक्तित्व विचार र दर्शननै मिल्दैन केही भन्नै गाह्रो हुने खालको पनि छ। म बुझ्न चाहान्छु कि जो उस्तै देखिन्छन्, उस्तै लुगा लगाउन रुचाउँछन्। उनीहरुको विचार र व्यक्तित्व कसरी फरक पर्छ?’

योरुबा जनजातिमा जुम्ल्याहालाई पुजा गरिन्छ। जुम्ल्याहाले योरुबा जातिको रक्षागर्ने असाधारण सामथ्र्य राख्ने विश्वास गरिने स्टफेनको भनाइ छ। यदी एक जुम्ल्याहाको मृत्यु भएको खण्डमा भने अर्कालाई पुज्न छाडिन्छ। उनीहरुबाट शक्ति विलिने हुने आस्था छ।

From the series "Ibeji" by Stephen Tayo

नाइजेरियामा योरुबा जनजातिको जुम्ल्याहा संस्कार थाहा पाइसकेपछि अन्य जनजातिको संस्कार खोतल्ने हो भने चित्र विचित्र र जटिल बन्नेछ। योरुबा संस्कार नाइजेरियाकै अन्य जनजातिका लागि परस्पर विरोधी देखिन्छ।

‘उपनिवेशवादभन्दा अघिका युगदेखि जीवित नाइजेरियाका अन्य जनजातिका लागि जुम्ल्याहाको जन्महुनु जैविक विपत्ति र संकटको संकेत हो।’ फोटोग्राफर स्टेफनले भने। ‘जुम्ल्याहा जन्माउनु जीवन र मृत्युको मुद्धा बन्ने गरेको छ।’ राजधानी आबुजास्थित ‘भाइन हेरिटेज होम फाउन्डेन’ संचालन गर्दै आएकी स्टेभन्स ओलुसुरा अजयीले गतवर्ष रोयटर्ससँग भनेकी थिइन्।

उनको संस्थाले विपत्तीमा परेका बालबालिकालाई सुरक्षा र हेरचाहा गर्ने गर्दछ। स्टेभन्सका अनुसार नाइजेरियाका केही जनजातिहरुले जुम्ल्याहा बच्चा जन्मिएको खण्डमा मर्नका लागि छाडिन्छन्।

अथवा, विषालु पदार्थ खुवाएर मारिदिन्छन्। यदी महिला जुम्ल्याहा बच्चा जन्माउन नसकेर मरिन् भने आमासहित पेटको जिउँदो बच्चालाई पनि पुरिन्छ। सिएनएन

From the series "Ibeji" by Stephen Tayo

 

 

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 17:32:06
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।