दुर्घटनामा परी हङकङमा एक नेपालीको मृत्यु, दुई गम्भिर



शनिबार बिहान मृतक गुरुङलाई श्रद्धान्जली दिन भेला भएका नेपाली
शनिबार बिहान मृतक गुरुङलाई श्रद्धान्जली दिन भेला भएका नेपाली
प्रेम कोरङ्गी

हङकङमा निर्माण क्षेत्रमा शुक्रबार साँझ भएको दुर्घटनामा गम्भिर घाइते भएका पोखरा निवासी रबि गुरुङको शनिबार बिहान मृत्यु भएको छ। हङकङको युङलोनमा बस्ने रबि गुरुङ सहित ४ जना नेपाली कामदार दुर्घटनामा परेका थिए।

गम्भीर चोटपटक लागेका उनी लगायत सबैलाई अस्पताल लगिएको थियो। तीमध्ये गम्भिर घाइते दुई जनाको उपचार भइरहेको छ भने एक जना समान्य उपचारपछि घर फर्केका छन्।

लाईटन एशिया कन्स्ट्रक्सन अन्र्तगत चीनको सेन्झेन नजिकै लिन्ताङ सिमा नियन्त्रण केन्द्रको परियोजना स्थलमा शुक्रबार साँझ दुर्घटना भएको हो। स्काफोल्डिङ असन्तुलित भएपछि त्यहाँ रहेका सबै कामदार खसेका थिए। एक प्रत्यक्षदर्शीका भनाइमा काम सकेर सेफ्टी हार्नेस निकाली तल झर्ने तरखर गरिरहेको बेला उनीहरू खसेका हुन्।

हङकङको निर्माण क्षेत्रमा ऊचाईबाट खसेर धेरैको ज्यान जाने गरेको छ र तिनमा नेपालीको संख्या बढी छ। हङकङमा करिब ३० हजार नेपाली बस्छन्, तीमध्ये झण्डै ८० प्रतिशत अग्ला बिल्डिङ, पुल, रेलवे सुरुङ जस्ता निर्माण क्षेत्रमा काम गरिरहेका छन्।

प्रकाशित २७ कार्तिक २०७३, शनिबार | 2016-11-12 11:57:55

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...