बेलायतमा नेपालको प्राकृतिक सौन्दर्यको वर्णन



बेलायतको लण्डनमा ३७ औं वल्र्ड ट्राभल मार्केट (डब्लुटिएम) सम्पन्न भएको छ। नोभेम्बर ७ देखि ९ सम्म चलेको ट्राभल मार्केटमा नेपालबाट नेपाल पर्यटन बोर्डसहित होटल र ट्रेकिङ क्षेत्रका कम्पनीहरुको सहभागिता रहेको थियो। नेपालबाट सहभागिता जनाउने संस्थाहरुले बेलायती पर्यटकलाई नेपाल जान उत्प्रेरित गरेका थिए।

विश्वका करिब ५० हजार पर्यटन र ट्राभल व्यवसायीहरु कार्यक्रममा सहभागी भएका थिए। सो कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले नेपालको प्राकृतिक सौन्दर्यता वर्णन गर्दै सबैलाई नेपाल घुम्न जान आग्रह गरे।

‘नेपाल घुम्नको लागि सुरक्षित छ। विदेशीहरुलाई नेपालबारे जानकारी दिन सकियो भने नेपाल घुम्न आउने पर्यटकहरुको संख्या अवश्य बढ्छ’, नेपालखबरसँग कुराकानी गर्दै मन्त्री शाहीले भने, ‘भूकम्प र नाकाबन्दीले विश्वमा नेपालप्रति नकारात्मक सन्देश प्रवाह गरिरहँदा नेपालले डब्लुटिएममार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश गएको छ। हामी सबै मिलेर नेपालबारे थाहा दिनुपर्छ ।’


यस्तै बेलायत–नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष गाँठको अवसरमा बेलायतस्थित नेपाली दूतावासले मंगलबार साँझ ‘वेष्ट भ्यालु डेस्टिनेशन नेपाल’ नामक पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको थियो।


बेलायती पर्यटकलाई नेपाल जान उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विदेशीहरुको समेत राम्रो उपस्थिति थियो। कार्यक्रममा मन्त्री शाहीको पनि उपस्थिति थियो। कार्यक्रममा बोल्दै राजदूत दुर्गाबहादुर सुवेदी र उपनियोग प्रमुख शरदराज आरणले एकपटक नेपाल घुम्न जान सबैलाई आग्रह गरे। कार्यक्रममा लोन्ली प्लानेटका जोसेफ र बोर्डका विमल कंडेलले नेपालसम्वन्धी वृत्तचित्र प्रदर्शन गरेका थिए।

नेपाली प्रतिनिधिमण्डल नोभेम्बर १० मा बेलायतको म्यानचेष्टर र १४ नोभेम्बरमा न्यू क्यासलमा हुने कार्यक्रममा समेत सहभागी हुनेछन्।

प्रकाशित २५ कार्तिक २०७३, बिहिबार | 2016-11-10 09:02:08

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...