घानाका खोज पत्रकार अहेमेद हुसेन–सुलाको हत्या भएको छ। घाना फुटबल लिगमा भएको भ्रष्टाचारको समाचार लेखेर ख्याती कमाएका अहेमेदको बुधबार मोटर साइकलमा सवार अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको जनाइएको छ।
अहेमेदले गतवर्ष घाना फुटबल लिगमा भएको भ्रष्टाचारको खोजी समाचार लेखेका थिए।
उनको समाचारका कारण घाना फुटबल संघका प्रमुखलाई फुटबलमा आजीवन प्रतिबन्ध लागेको छ भने अझैसम्म फुटबल संघले फिफाको मान्यता पाएको छैन।
अहेमेद
हत्या पूर्व घानाका राजनीतिज्ञ तथा सांसद केनिडि आज्ञापोङले अहेमेदमाथि दुव्र्यवहार गरेका थिए। आज्ञापोङले भनेका थिए,‘अहेमेद लाई पिट्नु, परेको म व्यहोर्छु।’
सोही दिन अहेमेदको हत्या भएको हो। दुई गोली छातीमा एक गोली घाटीमा लागेको बताइएको छ। अहेमेदले बीबीसीका लागि मानव तस्कर सम्बन्धी महत्वपूर्ण रिपोर्टिङ गरेका थिए।
यस घटनासँगै घाना टाइगर आइ प्राइभेट इन्भेस्टिगेसनका पत्रकार आनस अरेमेया आनसले यस घटनाले पत्रकारको स्वतन्त्रता र अधिकारमाथि आक्रमण गरेको बताएका छन्। एजेन्सी