विश्वभर महिलामाथि हुने हिंसा विरुद्धको अभियान ‘मिटु’ चर्चामा रहेका बेला संयुक्त राष्ट्रसंघले समेत आफ्ना कर्मचारीहरुमा ‘मिटु’को सर्वेक्षण गरेको थियो।
राष्ट्रसंघ विश्वव्यापी संस्था भएका कारण यहाँ सचेत र राम्रा व्यक्तिहरुले काम गर्छन् भन्ने सबैको विश्वास छ।
तर परिणामले त्यस्तो देखाएन। राष्ट्रसंघ भित्रै महिला तथा पुरुषमाथि यौन दुव्र्यवहार हुने तथ्य राष्ट्रसंघले सार्वजनिक गरेको छ।
राष्ट्रसंघले विश्वभरका आफ्ना कार्यालयमा रहेका महिला तथा पुरुषलाई सर्वेक्षणमा सहभागी हुन अनुरोध गरेको थियो।
परिणामले प्रत्येक तीन महिलामध्ये एक महिला कार्यालयकै पुरुषबाट यौन हिंसाको सिकार भएको देखाएको छ। पुरुषको संख्या महिलाको भन्दा निकै न्यून देखिएको छ।
यौन दुर्व्यवहारको सिकार हुनेमा २५ देखि ३४ वर्षका महिला तथा पुरुषहरु छन्।
६८ दशमलब ४ प्रतिशत महिला दुर्व्यवहारको सिकार भएको जनाइएको छ भने सर्वेक्षणमा सहभागी १५ दशमलब ९ प्रतिशत पुरुष महिलाबाट पिडित भएको बताइएको छ।
उक्त सर्वेक्षणको परिणाम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सार्वजनिक गरेका हुन्।
तथ्यांकका अनुसार १२ प्रतिशत राष्ट्रसंघका प्रमुख पदका व्यक्तिहरुबाट महिलामाथि दुर्व्यवहार भएको छ।
सर्वेक्षणमा सहभागी २१ दशमलब ७ प्रतिशत महिलाले विभिन्न कथा, चुट्कीलामार्फत दुर्व्यवहार भएको बताएका छन्।
गुटेरेस
१४ दशमलब २ प्रतिशत महिलाले शरिरको बारेमा वर्णन गरेर दुर्व्यवहार गरेको बताएका छन्।
१३ प्रतिशत महिलाले यौनका कुरा गरेर दुव्र्यवहार गरेको बताएका छन्।
१० दशमलब ९ प्रतिशत महिलाले पुरुषको गतिविधि, हेर्ने दृष्टिकोणबाट आफूहरु पिडित भएको बताएका छन् भने १० दशमलब १ प्रतिशत महिलाले पुरुषले छोएर यौन दुव्र्यवहार गरेको बताएका छन्।
यस्तै १ दशमलब ४ प्रतिशत महिलाले पुरुषले जर्बजस्तीको प्रयास गरेको बताएका छन्। इकोनोमिक टाइम्स