विजुली बेचेर सिक्किमलाई अझै समृद्ध बनाउने मुख्यमन्त्री चामलिङको योजना



पवन चाम्लिङ
पवन चाम्लिङ

सिक्किमले आगामी २०२२ भित्र देशमै पहिलोचोटि विश्वस्तरको आधारभूत आय (यूबीआई) नीति अपनाउने लक्ष्य राखेको छ।

सिक्किमका लोकसभा सांसद पीडी राईले यसबारे जानकारी गराएका छन्।

यूबीआई एक यस्तो नीति हो, जसअन्तर्गत देशका नागरिक अथवा कुनै ठाउँ विशेषका नागरिक वा राज्यका नागरिकलाई सोझै धनराशी प्रदान गरिन्छ।

देशकै आयस्रोतबाट यो धनराशि प्रदान गरिन्छ। विश्वका केही अग्रणी देशहरूले यूबीआई नीति अपनाइसकेका छन्। गरिबी हटाउन र मानिसहरूको जीवनस्तरलाई बढ़ाउन मुख्यतः यो नीति लागू गर्ने गरिन्छ।

स्मरणरहोस्, २२ पुषका दिन मुख्यमन्त्री पवन चामलिङले पूर्व सिक्किमको पश्चिम पाण्डाम निर्वाचन क्षेत्रमा रहेको टीकालाल निरौला उच्च माध्यमिक विद्यालयको कौस्तुभ जयन्ती समारोहलाई सम्बोधन गर्दै यूबीआई नीतिको सङ्केत दिएका थिए।

सोझै यूबीआई नीतिबारे उल्लेख नगरे तापनि त्यसदिन उनले सिक्किमका प्रत्येक व्यक्तिको विकास नै एसडीएफ सरकारको मुख्य उद्देश्य रहेको र आवश्यक आधारभूत सुविधा मात्र होइन, प्रत्येक व्यक्तिको मानव मूल्यलाई पनि बृद्धि गर्ने बताएका थिए।

‘हामी सिक्किममा यूबीआई नीति अपनाउने लक्ष्य लिएर अघि बढ्दैछौँ हामीले सोचेजस्तै सबै कुरा सहज रुपमा अघि बढ़्यो भने २०२२ मा सिक्किममा यो नीति लागू गरिनेछ’ सांसद राईले थपे, ‘यूबीआई नीति लागू गर्ने सिक्किम देशकै पहिलो राज्य बन्नेछ।’

सांसद राईका अनुसार, यूबीआई नीतिलाई सत्तारूढ़ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले आगामी चुनावमा प्रमुख मुद्दा बनाउनेछ।

भारतमा आम चुनावसँगै आगामी चैत्र–बैशाखमा सिक्किममा चुनाव हुँदैछ। पवन चामलिङको नेतृत्वमा रहेको सत्तारूढ़ दल एसडीएफले चुनाव प्रसार अभियान शुरु गरिसकेको छ।

राईले यही मुद्दा लिएर आगामी चुनावमा एसडीएफ जनतासमक्ष जाने बताए।

सांसद राईका अनुसार सिक्किमले धेरै उल्लेखनीय विकास गरी देशमै उदाहरणीय राज्य बनेको छ। विदेशबाट पनि सिक्किम प्रशंसित भइरहेको छ।

‘हामीले अहिले केही क्षेत्रमा छुट र भत्ताहरू दिइरहेका छौँ’ उनले भने, त्यसमा केही कमी ल्याएर पनि जनतालाई मासिक रूपमा भत्ता दिने सोच हाम्रो सरकारले बनाएको छ।’

उनका अनुसार सिक्किममा मुख्यमन्त्री पवन चामलिङ नेतृत्वको एसडीएफ पार्टी पहिलोपटक सत्तामा आउँदा राज्यमा गरिबी ५० प्रतिशतभन्दा बढ़ी थियो। २००४–०५ मा एसडीएफ सरकारले गरिवी घटाएर ३०.९ प्रतिशतमा झारेको छ।

सन् २०११–१२ मा राज्यमा गरिबीको प्रतिशत ह्वात्तै घटेर ८.२ प्रतिशत भएको उनले बताएका छन्।

पीडी राई

पीडी राई

‘बितेको आठ वर्षमा यो प्रतिशत घटेर १.२ प्रतिशत मात्र होला, १२ जनवरी शनिबार) १२ को दिन सरकारी नोकरी नहुने राज्यका हरेक परिवारलाई हाम्रो सरकारले एक सरकारी नोकरी दिइरहेको छ’, उनले थपे, ‘त्यसैले राज्यमा अब बीपीएल शून्य प्रतिशत हुनेछ। यसबाट पनि हामीलाई धेरै साहस जुटेको छ।’

पवन चामलिङको नेतृत्वमा एसडीएफ सरकारले जनताका आवश्यक आधारभूत सुविधा पुरा गरिसकेको दावी पनि उनले गरे।

‘अब हामी जनतालाई सोझै लाभ दिने नीति अपनाए अघि बढ्दैछौँ’ उनले भने, ‘राज्यमा रहेका जलविद्युत परियोजनाहरूबाट उत्पादित ऊर्जा बेचेर राज्यमा यूबीआई नीति अपनाउने सोच एसडीएफ सरकारले बनाएको छ।’

अहिले सिक्किमलाई २ हजार २ सय मेगावाटभन्दा अधिक विद्युत प्राप्त भइरहेको छ। आगामी एक–दुई वर्षमा यो क्षमता बढ़ेर ३ हजार मेगावाट हुने उनको भनाइ छ।

‘हामीलाई वार्षिक २ सय देखि ३ सय मेगावाट बिजुली मात्र चाहिन्छ। अरू सबै बिक्री गरिनेछ। त्यसबाट हामीलाई राम्रो आय हुन्छ’, राईले थपे, ‘त्यसैले हाम्रो सरकारलाई साहस आएको छ। हामी सिक्किममा यूबीआई नीति लागू गर्न सक्छौँ, हामी त्यस अवस्थामा पुगिसकेका छौँ।’

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 15:24:39
Max TV
Max TV
Vianet

author photo

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

शैलेन्द्र समदर्शीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...