सञ्चालक कम्पनी छाडेर भागेपछि आबुधाबीमा १ सय ५० नेपाली अलपत्र



रोजगारीको लागि यूएई गएका १ सय ५० नेपाली अबुधाबीमा अलपत्र परेका छन्।

आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत नेपाली श्रमिक कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेपछि अलपत्र परेका हुन्। नेपालीसँगै कम्पनीका झन्डै ७ सय अन्य कामदार पनि अलपत्र परेका छन्।

राजधानी आबुधाबीबाट २८ किलोमिटर टाढा मुसाफा ४० नम्बर मजदुर क्याम्पमा नेपाली श्रमिक अलपत्र परेका हुन्। कम्पनीमा नेपालीसहित भारत, बाङ्लादेश, पाकिस्तान श्रीलंकालगायत देशका झन्डै ७ सय जना कामदार कार्यरत थिए।

कम्पनीमा १८ महिनादेखि झन्डै ५ वर्षसम्म काम गरेका उनीहरुमध्ये धेरैले गएको ९ महिनादेखि तलब पाएका छैनन्। केहीले ९ महिना र अरुले ६ महिनाको तलब नपाएको नवलपरासीका मिनबहादुर जिसीले बताए।

भारतीय दूतावास र भारतीय संघसँस्थाले अलपत्र कामदारलाई दैनिक खाना खुवाउँदै आएका छन्। भारतीय कामदारलाई दिएको खाना अरु देशका कामदारले समेत बाँडेर खाने गरेको नवलपरासी अरुणखोलाका युवराज खडालुकले बताए।

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 09:29:45
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...