ह्यारी भण्डारीले अमेरिकामा लिए वेदलाई साक्षी राखेर स्टेट डेलिगेटको सपथ



नेपाली मुलका ह्यारी भण्डारीले अमेरिकामा वेदलाई साक्षी राखेर स्टेट डेलिगेटको सपथ लिएका छन्। भण्डारीले हिन्दू धर्मावलम्वीको महान ग्रन्थ वेदलाई साक्षी राखेर सपथ लिएका हुन्।

अमेरिकाको इतिहासमा हाउस अफ डेलिगेटमा विजयी हुने भण्डारी पहिलो नेपाली हुन्।

अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ को स्टेट डेलिगेटमा उनी विजयी भएका थिए। राजधानी एनापलिसस्थित स्टेट हाउसमा बुधबार अपरान्ह भण्डारीले पदको सपथ लिएका हुन्।

उनले आफ्नो विजयलाई ‘कर्मभूमी अमेरिकाको मूलधारको राजनीतिमा नेपालीको उपस्थितिको मिर्मिरे बिहानी’ भनेका छन्।

‘यो विहानी ल्याउन योगदान पुर्याउने सबैप्रति कृतज्ञता प्रकट गर्छु,’ सपथ ग्रहरण समारोहमा उनले भने, ‘म त निमित्त मात्र हुँ। म यसको श्रेय मेरो जन्मभूमी र कर्मभूमीसँग साइनो गाँसिएका र यो अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबैसँग बाँढ्न चाहन्छु।’

आफू हिन्दू धर्मवालम्वी भएकाले वेदलाई साक्षी राखेर सपथ लिएको उनले बताए।

‘अमेरिका धर्मनिरपेक्ष राष्ट्र भएकाले यहाँ सबैलाई यो छुट छ,’ उनले भने, ‘म अरू सबै धर्मको सम्मान गर्छु र मेरो धर्मलाई माया गर्छु। यो त्यसैको प्रतीक हो।’

गत जुन २६, २०१८ मा भएको प्रथम चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनि दोश्रो स्थान हासिल गरी बिजयी बनेका थिए।

मूलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने भण्डारी पहिला नेपाली मूलका हुन्।

पर्वत घर भएका भण्डारी सन् २००५ मा अमेरिका गएका हुन्। भण्डारी नेपालमा अंग्रेजी भाषामा प्राध्यापन गर्थे भने अमेरिकामा पनि भण्डारी प्राध्यापन पेशामै संलग्न छन्।

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 08:56:11
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...